भारत , पाकिस्तान जस्ता टिमसँग खेल्ने नेपालको सपना फेरी चकनाचुर
काठमाडौं ( अनलाइन खेलखबर ) । थाईल्याण्डमा जारी एसीसी इस्टर्न रिजनमा नेपालको भाग्य जोडिएको हङकङ र सिगांपुरबीचको खेलमा सिंगापुर विजयी भएपछी नेपालको एसिया कप खेल्ने सपना अधुरै हुन पुगेको छ ।
एसिया कपको छ्नोट अन्तर्गत पहिलो छ्नोट प्रतियोगिताको रुपमा रहेको यस प्रतियोगिताको सुरुवाती दुई खेलमा नेपाल पराजित हुन पुगेपछी नेपालको भाग्य अरुको खेलमा निर्भर रहेको थियो । जसमा विशेषगरि हङकङको नतिजाले नेपाललाई फाईदा पुग्ने थियो ।
तर नेपालले सोचेको जस्तो नतिजा हङकङले प्रस्तुत गर्न सकेन र नेपाल एक खेल अगावै छ्नोट प्रतियोगिताको लिग चरणबाटै बाहिएको छ ।
प्रतियोगिताको प्राबधान अनुसार प्रतियोगिताको शिर्ष दुई टोली एसिया कपको अन्तिम छ्नोट प्रतियोगिताका लागि छानिने थिए । जसमा यस प्रतियोगिताबाट २ र अर्को पश्चिम रिजनका युएई र कुवेतबीच अन्तिम छ्नोट प्रतियोगिता हुनेछ ।
जुन मलेसियामा हुनेछ यस छ्नोटको विजेता टोली सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपका लागि छ्नोट हुनेछ ।
प्रतियोगितामा नेपाल पहिलो खेलमा मलेसियासँग २२ रनले पराजित हुन पुगेको थियो । भने दोस्रो खेलमा हङकङसँग ४३ रनले पराजित भएपछी नेपालको एसिया कप खेल्ने सपना निकै कठिन बन्न पुगेको थियो ।
तर बुधबार घरेलु टोली थाईल्याण्डलाई ९ विकेटको सानदार जित हासिल गरेपछी नेपालको छ्नोट हुने झिनो आशा पलाएको थियो ।
नेपाल छ्नोट हुनका लागि नेपालले आफ्नो अन्तिम खेलमा सिगांपुरलाई हराउँने र हङकङले पनि बाँकी दुई खेलमा सिगांपुर र मलेसियालाई हराएको खण्डमा नेपाल छ्नोट हुने थियो ।
तर आफ्नो तेस्रो खेलमा हङकङ सिगांपुरसँग १६ रनले पराजित भएपछी नेपालको एसिया कपमा भारत , पाकिस्तान , बंगलादेश , अफगानिस्तान र श्रीलंकासँग खेल्ने सपना चकनाचुर भएको हो ।