नेपालको भाग्य हङकङको हातमा

नेपालको भाग्य हङकङको हातमा

काठमाडौं ( अनलाइन खेलखबर ) । एसीसी इस्टर्न रिजन टि- ट्वान्टी एसिया कप छ्नोट प्रतियोगिता अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले घरेलु टोली थाईल्याण्डमाथि ९ विकेटको सानदार जित हासिल गरेपछि नेपालको छ्नोट हुने सम्भावना जिवितै रहेको छ ।

सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप टि – ट्वान्टीको पहिलो छ्नोट प्रतियोगिताको अन्तर्गत रहेको यस प्रतियोगिताबाट एसिया कपको अन्तिम छ्नोट प्रतियोगितामा दुई टिम छानिने छन् ।

प्रतियोगिताको प्राबधान अनुसार लिगको पहिलो र दोस्रो टिम जो फाइनल समेत खेल्नेछ्न सो टिम मलेसियामा हुने अन्तिम छ्नोट प्रतियोगितामा छानिने छन् । जसमा पश्चिम रिजनबाट आएका कुवेत र युएई र यस रिजनबाट छानिएका दुई टिमबीच प्रतिष्पर्दा हुनेछ जसबाट एक टिम एसिया कपका लागि छ्नोट हुनेछ ।

तर यसपटक एसिया कप खेल्ने लक्ष्य बोकेको नेपाल थाईल्याण्डमा पहिलो खेलमै मलेसियासँग २२ रनले पराजित हुन पुग्यो । भने दोस्रो खेलमा हङकङसँग ४३ रनले पराजित भएपछी नेपालको एसिया कप खेल्ने सपना कठिन हुँदै गएको भएपनी सम्भावना जिवितै रहेको छ ।

यस्तोमा नेपालले आफ्नो तेस्रो खेलमा थाईल्याण्डले प्रस्तुत गरेको ६७ रनको विजयी चुनौतिलाई ५.३ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गरेपछी नेपालको नेट रनरेटमा सुधार गर्दै २ अंकका साथ अंकतालिकामा हाल चौथों स्थानमा रहेको छ ।

हाल सिगांपुर २ खेलबाट ४ अंकसहित अंकतालिकाको पहिलो स्थानमा रहेको छ । भने सिगांपुरलाई हङकङलाई पछ्याईरहेको छ । हङकङको पनि ४ अंक भएपनी नेट रनटेट पछि पर्दै दोस्रो स्थानमा रहेको छ । भने मलेसिया ३ खेलबाट ४ अंकका साथ तेस्रोस्थानमा रहेको छ ।

अब नेपाल छ्नोट हुन नेपालले आफ्नो अन्तिम खेलमा सिगांपुरलाई हराउँदै नेपाललाई हङकङले साथ दिनु पर्नेछ ।

जसमा आजनै हुने सिगांपुर र हङकङबीचको खेलमा हङकङ विजयी भएमा नेपाललाई ठूलो राहत पुग्नेछ । यस्तै हङकङले आफ्नो अन्तिम खेलमा मलेसियालाई पनि पराजित गरेमा नेपाल भाग्यमानी टिम बन्दै छ्नोट हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *