कमजोर थाईल्याण्डविरुद्ध नेपालको राम्रो सुरुवात

कमजोर थाईल्याण्डविरुद्ध नेपालको राम्रो सुरुवात

काठमाडौं ( अनलाइन खेलखबर ) । थाईल्याण्डमा जारी एसीसी इस्टर्न रिजन टि- ट्वान्टी एसिया कप छ्नोट प्रतियोगिता अन्तर्गत आफ्नो तेस्रो खेलमा अहिले नेपालले घरेलु टोली थाईल्याण्डको सामना गरिरहेको छ ।

र हालसम्म नेपालले राम्रो सुरुवात समेत गरेको छ ।

टर्डथाइ क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरिरहेको थाईल्याण्डले ताजास्थितिमा ९.२ ओभर भित्र २३ रन बनाएर ४ विकेट गुमाएको अवस्था छ ।

नेपाललाई पहिलो सफलता करण केसीले दिलाए । दोस्रो ओभरको पाँचौ बलमा करणले नभिद पठानलाई ब्यक्तिगत ८ रनमा अभिनाश बोहराको हातबाट क्याच आउट गराएका थिए ।

त्यसपछि थाईल्याण्डले २.४ ओभरमा टिमको स्कोर ९ रन हुँदा अर्का ओपनर ड्यानिएल जेकब्सलाई सुन्य रनमा गुमायो उनी रनआउट हुन पुगेका थिए ।

त्यसपछि करणले आफ्नो दोस्रो विकेट लिने क्रममा वान्चनालाई २ रनमा पभेलियनको बाटो देखाईदिए। त्यसपछि उनले नै ब्यक्तिगत तेस्रो विकेटका रुपमा रोवर्ट रैनालाई १ रनमा आउट गरेका छन् ।

छ्नोट प्रतियोगितामा सुरुवाती दुई खेलमा पराजित हुन पुगेको नेपाललाई छ्नोट हुने सम्भावना जिवित राख्न पनि थाईल्याण्डलाई ठूलो अन्तरले पराजित गर्नुपर्ने दबाब रहेको छ ।

यतिले मात्र नेपालको भाग्य निर्धारण हुनेवाला छैन अन्य बाँकी टिमको प्रदर्शनमा पनि नेपालको बाँकी यात्रा निर्धारण रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *