करणले दिलाए नेपाललाई पहिलो सफलता
काठमाडौं ( अनलाइन खेलखबर ) । थाईल्याण्डमा जारी एसीसी इस्टर्न रिजन टि- ट्वान्टी एसिया कप छ्नोट प्रतियोगिता अन्तर्गत आफ्नो तेस्रो खेलमा अहिले नेपालले घरेलु टोली थाईल्याण्डको सामना गरिरहेको छ ।
टर्डथाइ क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरिरहेको थाईल्याण्डले ताजास्थितिमा ३ ओभर भित्र १० रन बनाएर २ विकेट गुमाएको अवस्था छ ।
नेपाललाई पहिलो सफलता करण केसीले दिलाएका छन् ।
छ्नोट प्रतियोगितामा सुरुवाती दुई खेलमा पराजित हुन पुगेको नेपाललाई छ्नोट हुने सम्भावना जिवित राख्न पनि थाईल्याण्डलाई ठूलो अन्तरले पराजित गर्नुपर्ने दबाब रहेको छ ।
यतिले मात्र नेपालको भाग्य निर्धारण हुनेवाला छैन अन्य बाँकी टिमको प्रदर्शनमा पनि नेपालको बाँकी यात्रा निर्धारण रहेको छ ।