विश्वकपको सेमिफाइनल समीकरण पूरा
एजेन्सी – अष्ट्रेलियामा जारी आईसीसी महिला टि – ट्वान्टी विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको छ ।
मंगलबार समुहको अन्तिम खेल वेस्ट ईन्डिज र दक्षिण अफ्रिकाबीचको खेल वर्षातका कारण बराबरीमा सकिएपछि विश्वकपको समूह चरणका खेलहरु समाप्त भएका छन् ।
अब पहिलो सेमिफाइनल बिहिबार भारतले ईङल्यान्डको सामना गर्नेछ । खेल सिड्नि क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान पौने ९ बजेपछी हुनेछ ।
जारी विश्वकपमा समूह `ए ´ मा रहेको भारत अपराजित रहदै समूह`बी´ को उप – विजेता ईङल्यान्डको सामना गर्दैछ ।
यता सोही दिन बिहिबार नेपाली समय अनुसार दिउँसो पौने २ बजेपछि दोस्रो सेमिफाइनलमा आयोजक अष्ट्रेलियाले दक्षिण अफ्रिकाको सामना गर्नेछ ।
कुल १० टिमको सहभागिता रहेको विश्वकपको फाइनल खेल आईतबार मेलबर्नमा हुनेछ ।