ग्रेट हिमालयले उचाल्यो अर्किड हिमालय क्रिकेट लिगको उपाधि

ग्रेट हिमालयले उचाल्यो अर्किड हिमालय क्रिकेट लिगको उपाधि

काठमाडौं (अनलाइन खेलखबर ) ।दोस्रो संस्करणको अर्किड हिमालय क्रिकेट लिग ( एचसिएल ) यु -१९ दुईदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि ग्रेट हिमालय क्रिकेट एकेडेमी ( जिएचसिए ) ले उचालेको छ ।

सोमबार प्रतियोगिताको फाइनल खेलमा काठमाडौं क्रिकेट ट्रेडिङ सेन्टर ( केसीटिसी) लाई १ विकेटले पराजित गर्दै ग्रेट हिमालय प्रतियोगिताको च्याम्पियन बनेको हो ।

खेलमा केसीटिसीले प्रस्तुत गरेको १ सय १५ रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको ग्रेट हिमालयले उक्त चुनौतीलाई ५६.५ ओभरमा ९ विकेट गुमाएर पूरा गरेको थियो ।

टिमलाई प्रतियोगिताको च्याम्पियन बनाउँने क्रममा ब्याटिङतर्फ दोस्रो ईनिङमा आयुश बस्नेतले सर्वाधिक २४ रनको योगदान गरेका थिए । अभिषेक बस्नेतले १९ रन , रासिद खानले १८ रन , सङ्गीत बुढाथोकीले १६ र टिमलाई अन्तिममा जिताउँन महत्वपूर्ण भूमिका निर्वाह गरेका प्रशान्त सिंहले अविजित रह्दै १६ रनको योगदान गरेका थिए ।

बलिङतर्फ केसीटिसीका तिलक भण्डारीले एक्लैले ६ विकेट लिए भने सुर्य तामाङ २ र विपिन आचार्यले १ विकेट लिएका थिए ।

यसअघि आईतबार फाइनलको पहिलो दिन
मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको केसीटिसी २४.३ ओभरमा अलआउट हुँदै ८० रन बनाएको थियो ।

ब्याटिङका केसीटिसीका विबेक राना मगरले सर्वाधिक १८ तथा सचिन लखाह १४ रन र निर्भीकले १३ रन बनाएका थिए ।

बलिङतर्फ ग्रेट हिमालयका अरियो पौडेलले ३ तथा सोनु देवकोटा , मोहम्मद हुसेन र विबेक यादवले समान २/२ विकेट लिएका थिए । भने रासिद खानले १ विकेट हात पारेका थिए ।

त्यसपछि आफ्नो पहिलो ईनिङ सुरु गरेको ग्रेट हिमालय पनि सस्तैमा समिटिने क्रममा २९.४ ओभरमा अलआउट हुँदै ग्रेट हिमालयले मात्र ६२ रन बनायो ।

उसका लागि ओपनर ब्याट्सम्यान आयुशमान बमले १३ रन र सोनु देवकोटाले १४ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकसमेत जोड्न सकेनन् ।

बलिङतर्फ केसीटिसीका सुर्य तामाङ एक्कैले ७ विकेट लिए भने तिलक भण्डारीले पनि ३ विकेट लिएका थिए ।

पहिलो ईनिङको समाप्ती पछि दोस्रो ईनिङमा केसीटिसीले २८ ओभरमा आफ्नो सबै विकेट गुमाएर ९६ रन जोड्यो । र ग्रेट हिमालयलाई खेल जित्नका लागि १ सय १५ रनको विजयी लक्ष्य प्रस्तुत गर्यो । र सोमबार ग्रेट हिमालयले त्यसलाई १ विकेट बाँकी रहदै पूरा गर्दै प्रतियोगिताको च्याम्पियन बन्यो ।

दोस्रो ईनिङमा केसीटिसीका राहुल भण्डारीले २७ तथा विपिन आचार्यले १७ रन बनाएका थिए ।

बलिङतर्फ ग्रेट हिमालयका रासिद खान एक्कैले ५ विकेट लिए भने अरियो पौडेलले ४ र सोनु देवकोटाले १ विकेट हात पारे ।

उपाधिसँगै वाइ वाइ ग्रेट हिमालय क्रिकेट एकेडेमीले नगद १ लाख ५० हजार प्राप्त गर्यो भने उप – विजेता केसीटिसीले नगद ७५ हजार प्राप्त गर्यो ।

यता प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडी केसीटिसीका सुर्य तामाङ घोषित भए ।

उनले नगद २५ हजार प्राप्त गर्दा प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान ग्रेट हिमालयका आसिफ शेख घोषित हुँदा उत्कृष्ट बलर केसीटिसीका तिलक भण्डारी चयन भए ।

आसिफको अनुपस्थितमा ग्रेट हिमालयका कप्तानले उनको सम्मान ग्रहण गर्दै ।

भने ग्रेट हिमालयका अरियो पौडेल उदायमान खेलाडी घोषित भए ।

उत्कृष्ट बलर र ब्याट्सम्यानले जनही समान १०/१० हजार नगद प्राप्त गर्दा उदायमान खेलाडी अरियोले आकर्षक पुरस्कार सामाग्री प्राप्त गरे ।

हिमालय क्रिकेट म्यानेजमेन्टको आयोजनामा भएको नेपालको पहिलो यु-१९ दुईदिवसीय क्रिकेट प्रतियोगितामा कुल ६ टिमको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *