अर्किड हिमालय क्रिकेट लिगको उपाधि होड रोमान्चक मोडमा

अर्किड हिमालय क्रिकेट लिगको उपाधि होड रोमान्चक मोडमा

काठमाडौं (अनलाइन खेलखबर ) । काठमाडौंमा जारी दोस्रो संस्करणको अर्किड हिमालय क्रिकेट लिग ( एचसिएल ) दुईदिवसीय यु -१९ क्रिकेट प्रतियोगिताको उपाधि होड रोमान्चक बनेको छ ।

खेलमा काठमाडौं क्रिकेट ट्रेडिङ सेन्टर(केसीटिसी) ले दिएको १ सय १५ रनको विजयी लक्ष्यलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको ग्रेट हिमालय क्रिकेट एकेडेमी ( जिएचसिए ) पहिलो दिनको समाप्तीसम्ममा १५ ओभर भित्र मात्र ४ विकेट गुमाएर ४५ रन बनाएको छ । र यहिबाट ग्रेट हिमालयले सोमबार अन्तिम दिन आफ्नो ब्याटिङलाई निरन्तरता दिनेछ ।

अब सोमबार ग्रेट हिमालयले ७० रन बनाउँन सफल भएको खण्डमा प्रतियोगिताको उपाधि उचाल्न सफल हुनेछ ।

त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको केसीटिसी २४.३ ओभरमा अलआउट हुँदै ८० रन बनाएको थियो ।

ब्याटिङका केसीटिसीका विबेक राना मगरले सर्वाधिक १८ तथा सचिन लखाह १४ रन र निर्भीकले १३ रन बनाएका थिए ।

बलिङतर्फ ग्रेट हिमालयका अरियो पौडेलले ३ तथा सोनु देवकोटा , मोहम्मद हुसेन र विबेक यादवले समान २/२ विकेट लिएका थिए । भने रासिद खानले १ विकेट हात पारेका थिए ।

त्यसपछि आफ्नो पहिलो ईनिङ सुरु गरेको ग्रेट हिमालय पनि सस्तैमा समिटिने क्रममा २९.४ ओभरमा अलआउट हुँदै ग्रेट हिमालयले मात्र ६२ रन बनायो ।

उसका लागि ओपनर ब्याट्सम्यान आयुशमान बमले १३ रन र सोनु देवकोटाले १४ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकसमेत जोड्न सकेनन् ।

बलिङतर्फ केसीटिसीका सुर्य तामाङ एक्कैले ७ विकेट लिए भने तिलक भण्डारीले पनि ३ विकेट लिएका थिए ।

पहिलो ईनिङको समाप्ती पछि दोस्रो ईनिङमा केसीटिसीले २८ ओभरमा आफ्नो सबै विकेट गुमाएर ९६ रन जोड्यो । र ग्रेट हिमालयलाई खेल जित्नका लागि १ सय १५ रनको विजयी लक्ष्य प्रस्तुत गर्यो ।

दोस्रो ईनिङमा केसीटिसीका राहुल भण्डारीले २७ तथा विपिन आचार्यले १७ रन बनाएका थिए ।

बलिङतर्फ ग्रेट हिमालयका रासिद खान एक्कैले ५ विकेट लिए भने अरियो पौडेलले ४ र सोनु देवकोटाले १ विकेट हात पारे ।

हिमालय स्पोर्ट्स म्यानेजमेन्टको आयोजनामा जारी प्रतियोगितामा कुल ६ टिमको सहभागीता रहेको थियो ।

योस्तरको नेपालको पहिलो दुईदिवसीय क्रिकेट प्रतियोगिताको विजेता टोलीले नगद १ लाख ५० हजार र उप -विजेता टोलीले ७५ हजार प्राप्त गर्नेछन् ।

यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी , ब्याट्सम्यान , बलर र उदयमान खेलाडीलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *