onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

नेपाल पहिलो जितको खोजिमा

काठमाडौं (अनलाइन खेलखबर ) । थाईल्याण्डमा जारी  एसीसी इस्टर्न रिजन टि – ट्वान्टी क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा आज नेपालले हङकङको सामना गर्दैछ ।

नेपाली समय अनुसार बिहान सवा ८ बजेपछी सुरु हुने खेलमा नेपाल प्रतियोगिताको पहिलो जितको खोजिमा रहने छ ।

आफ्नो पहिलो खेलमा शनिबार मलेसियासँग अपत्यारिलो हार ब्यहोर्न क्रममा २२ रनले निराश हुन पुगेको नेपाललाई अब प्रतियोगिताको बाँकी खेल उत्तिकै महत्वपूर्ण रहेको छ ।

प्रतियोगिताको प्रावधान अनुसार लिगका दुई शिर्ष टोली फाइनल पुग्दै सेप्टेम्बरमा पाकिस्तानमा हुने टि – ट्वान्टी एसिया कपको अन्तिम छ्नोट जुन मलेसियामा हुँदैछ त्यसका लागि छ्नोट हुने रहेको छ ।

यस्तोमा पहिलो खेलमा हार ब्यहोरेपछी प्रतियोगिताको च्याम्पियन बन्ने लक्ष्य बोकेको नेपाललाई ठूलो झटका लाग्न पुगेको छ ।

पहिलो खेल हारेपनी नेपालको सम्भावना अझै प्रबल रहेको छ । त्यसका लागि अब सिदै फाइनल पुग्न आज हङकङसँगै बाँकी खेलमा नेपालले जित्नै पर्ने हुन्छ ।

यता हङकङले प्रतियोगितामा आज नेपालसँग पहिलो खेल खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ ।

नेपालको चिर – प्रतिद्वन्द्वी समेत रहेको हङकङको पछिल्लो समय क्रिकेट खस्कदो क्रममा रहेको छ । केही वर्षसम्म निकै राम्रो प्रदर्शन गर्दै आएको हङकङ अहिले भने त्यो स्तरको रहेको छैन ।

र यसरी हेर्दा आजको खेलमा हङकङमाथि नेपालनै हाबी हुने प्रवल सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्