onlinekhelkhabar.com

Complete website for Nepali Sports News

च्याम्पियन बन्ने लक्ष्य बोकेको नेपाल पहिलो खेलमै मलेसियासँग पराजित

काठमाडौं ( अनलाइन खेलखबर ) । नेपालका ब्याट्सम्यानले निराशाजनक प्रदर्शन गर्दा थाईल्याण्डमा जारी एसीसी इस्टर्न रिजन टि – ट्वान्टी क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा मलेसियासँग २२ रनले पराजित हुन पुगेको छ ।

मलेसियाले प्रस्तुत गरेको १ सय ५५ रनको सम्मानजनक विजयी लक्ष्यलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको नेपाल १९.४ ओभरमा अलआउट हुँदै १ सय ३२ रनमा सिमित हुनपुगेपछी नेपाल प्रतियोगिताको पहिलो खेलमै पराजित हुन पुगेको छ ।

प्रतियोगिताको च्याम्पियन बन्ने लक्ष्यसहित थाईल्याण्ड पुगेको नेपाललाई पहिलो झटका प्राप्त गर्ने क्रममा मलेसियासँग नेपालको ब्याटिङ सदाझै चलेन ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल र उप – कप्तान दीपेन्द्र सिंह एरिले सर्वाधिक ३८/३८ रन र पवन सरार्फले १९ रन जोडनु बाहेक अन्यले दोहोरो अंक समेत जोड्न नसक्दा टिम पहिलो खेलमै निराश हुन पुग्यो ।

बलिङतर्फ मलेसियाका शरभिनले ४ विकेट लिए भने खिजर हायत र श्याजुर ईद्दुस र पवनदिप सिंहले समान २/२ विकेट लिएका थिए ।

त्यसअघि एसियन ईन्स्टिच्युट अफ टेक्नोलोजीको क्रिकेट मैदान बैंककमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभर पुरै खेल्दै ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो ।

मध्यम योगफल बनाउँने क्रममा मलेसियाको सुरुवात पनि त्यती सन्तोषजनक हुन सकेको थिएन ।

तेस्रो ओभरको दोस्रो बलमा टिमको स्कोर १५ रन हुँदा ओपनर तथा टिमका भरपर्दा ब्याट्सम्यान विरनदिप सिंहलाई ब्यक्तिगत ३ रनमा गुमाएको मलेसियाले त्यसपछि सोही ओभरको तेस्रो बलमा अर्का ब्याट्सम्यान खिजर हायतलाई शून्य रनमा गुमाएको थियो ।

दुबैलाई सन्दीप लामिछानेले पभेलियनको बाटो देखाईदिएका थिए ।

दुई ब्याट्सम्यानलाई सस्तैमा गुमाएपछी टिमलाई अनवर र अहमद फैजले सम्हालेका थिए । यी दुईबीच तेस्रो विकेटका लागि ३८ रनको साझेदारी हुन पुगेको थियो ।

८.५ ओभरमा टिमको स्कोर ५३ रन हुँदा तेस्रो विकेटका रुपमा आउट हुन पुगेका अनवरले ३१ रनको योगदान गरे ।

त्यसपछि टिमका लागि फैज ३० रन बनाएर आउट भएपछी मलेसियाले अन्त्यतिर अर्को एक राम्रो साझेदारी पायो ।

सैयद अजिज र अमिनुदिनले छ्ठौं विकेटका लागि ६३ रनको साझेदारी गरेपछी टिम सम्मानजनक स्कोरतर्फ पुग्न सफल भएको थियो ।

जसमा सैयदले अविजित रह्दै ५१ रन बनाए । ३५ बलको सामना गरेका उनले ४ चौका र २ छ्क्कासहित उक्त रन बनाउँदा अमिनुदिनले २९ रनको योगदान गरे ।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ३ तथा अभिनाश बोहराले २ र करन केसिले १ विकेट हात पारे ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *