सन्दीपले तीन विकेट लिएपछी मलेसियाद्वारा नेपालसामू मध्यम लक्ष्य प्रस्तुत

सन्दीपले तीन विकेट लिएपछी मलेसियाद्वारा नेपालसामू मध्यम लक्ष्य प्रस्तुत

काठमाडौं (अनलाइन खेलखबर )।थाईल्याण्डमा जारी एसीसी इस्टर्न रिजन टि – ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा मलेसियाले नेपाललाई मध्यम १ सय ५५ लक्ष्य प्रस्तुत गरेको छ।

एसियन ईन्स्टिच्युट अफ टेक्नोलोजीको क्रिकेट मैदान बैंककमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभर पुरै खेल्दै ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको छ ।

मध्यम योगफल बनाउँने क्रममा मलेसियाको सुरुवात पनि त्यती सन्तोषजनक हुन सकेको थिएन ।

तेस्रो ओभरको दोस्रो बलमा टिमको स्कोर १५ रन हुँदा ओपनर तथा टिमका भरपर्दा ब्याट्सम्यान विरनदिप सिंहलाई ब्यक्तिगत ३ रनमा गुमाएको मलेसियाको त्यसपछि सोही ओभरको तेस्रो बलमा अर्का ब्याट्सम्यान खिजर हायतलाई शून्य रनमा गुमाएको थियो ।

दुबैलाई सन्दीप लामिछानेले पभेलियनको बाटो देखाईदिएका थिए ।

दुई ब्याट्सम्यानलाई सस्तैमा गुमाएपछी टिमलाई अनवर र अहमद फैजले सम्हालेका थिए । यी दुईबीच तेस्रो विकेटका लागि ३८ रनको साझेदारी हुन पुगेको थियो ।

८.५ ओभरमा टिमको स्कोर ५३ रन हुँदा तेस्रो विकेटका रुपमा आउट हुन पुगेका अनवरले ३१ रनको योगदान गरे ।

त्यसपछि टिमका लागि फैज ३० रन बनाएर आउट भएपछी मलेसियाले अन्त्यतिर अर्को एक राम्रो साझेदारी पायो ।

सैयद अजिज र अमिनुदिनले छ्ठौं विकेटका लागि ६३ रनको साझेदारी गरेपछी टिम सम्मानजनक स्कोरतर्फ पुग्न सफल भएको छ ।

जसमा सैयदले अविजित रह्दै ५१ रन बनाए । ३५ बलको सामना गरेका उनले ४ चौका र २ छ्क्कासहित उक्त रन बनाउँदा अमिनुदिनले २९ रनको योगदान गरे ।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ३ तथा अभिनाश बोहराले २ र करन केसिले १ विकेट हात पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *