मलेसियाविरुद्ध नेपालले सुरुमा बलिङ गर्दै

मलेसियाविरुद्ध नेपालले सुरुमा बलिङ गर्दै

काठमाडौं (अनलाइन खेलखबर ) । थाईल्याण्डमा आज देखि सुरु हुन गईरहेको  एसीसी इस्टर्न रिजन टि – ट्वान्टी क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा अहिले नेपालले मलेसियाको सामना गर्दैछ ।

एसियन ईन्स्टिच्युट अफ टेक्नोलोजीको क्रिकेट मैदान बैंककमा भर्खरै भएको टसमा टस जितेर मलेसियाले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

प्रतियोगिताको प्रबल दाबेदार नेपाल प्रतियोगिताको च्याम्पियन बन्ने लक्ष्यसहित थाईल्याण्ड पुगेको छ ।

र सो लक्ष्यलाई यथावत राख्न पनि नेपालले प्रतियोगिताको पहिलो खेलबाट सुखद सुरुवात गर्न चाहन्छ ।

मलेसिया नेपालका लागि चिर- प्रतिद्वन्दी समेत हो । टि – ट्वान्टीमा नेपालले पछिल्ला ७ भेटमा ६ खेल आफ्नो पक्षमा पार्दा एक खेल मलेसियाले जित्न सफल भएको थियो ।

यसरी टि – ट्वान्टी क्रिकेटमा नेपाल मलेसियामाथि सदैभ हाबी हुँदै आएको ईतिहास रहेको छ । र यसैलाई आजको खेलमा पनि नेपालले निरन्तरता दिने सोच बनाएको छ ।

पाकिस्तानमा सेप्टेम्बरमा हुने एसिया कप टि – ट्वान्टीको छ्नोट अन्तर्गतको यस प्रतियोगितामा आयोजक थाइल्याण्डसहित नेपाल , मलेसिया, सिंगापुर र हङकङको सहभागीता रहेको छ ।

राउण्ड रोबिनका आधारमा सन्चालन हुने प्रतियोगिताको उत्कृष्ट दुई टिम फाइनल पुग्नेछन् र एसिया कपको अन्तिम छ्नोटका लागि छनोट हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *