हिमालय क्रिकेट लिगको फाइनलमा केसीटिसी र ग्रेट हिमालय भिड्ने
काठमाडौं (अनलाइन खेलखबर ) । हिमालय स्पोर्ट्स म्यानेजमेन्टको आयोजनामा काठमाडौंमा जारी दोस्रो संस्करणको हिमालय क्रिकेट लिग ( एचसिएल ) दुईदिवसीय यु-१९ क्रिकेट प्रतियोगिताको उपाधिका लागि वाइ वाइ ग्रेट हिमालय क्रिकेट एकेडेमी र काठमाडौं क्रिकेट ट्रेडिङ सेन्टर ( केसीटिसी) भिड्ने भएका छन् ।
शुक्रबार समूह चरणको अन्तिम खेलमा केसीटिसीले ओसिस क्रिकेट एकेडेमीलाई एक ईनिङ अगावै ३१ रनले पराजित गरेपछी केसीटिसीले फाइनलमा ग्रेट हिमालयसँगको भेट पक्का गरेको हो ।
अब यी दुईबीच उपाधिका लागि आईतबार र सोमबार प्रतिष्पर्दा हुनेछ । कुल ६ टिमको सहभागिता रहेको प्रतियोगिताको प्राबधान अनुसार समूहको शिर्ष टोली फाइनल पुग्ने रहेको थियो ।
जसमा समूह`ए´ बाट केसीटिसी र समूह `बी´बाट ग्रेट हिमालय फाइनल पुग्न सफल भए ।
योस्तरको नेपालको पहिलो दुईदिवसीय क्रिकेट प्रतियोगिताको विजेता टोलीले नगद १ लाख ५० हजार र उप -विजेता टोलीले ७५ हजार प्राप्त गर्नेछन् ।
यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी , ब्याट्सम्यान , बलर र उदयमान खेलाडीलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।