onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

विपिन आचार्यको अर्धशतकमा केसीटिसी बलियो स्थितिमा

काठमाडौं ( अनलाइन खेलखबर ) । हिमालय स्पोर्ट्स म्यानेजमेन्टको आयोजनामा काठमाडौंमा जारी दोस्रो हिमालय क्रिकेट लिग ( एचसिएल ) अन्तर्गत समूह चरणको अन्तिम खेलको पहिलो दिनसम्ममा ओसिस क्रिकेट एकेडेमी काठमाडौं क्रिकेट ट्रेडिङ सेन्टर ( केसीटिसी) सँग १ सय ४६ रनले पछि परेको छ ।

बिहिबार मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केसीटिसी ४८.३ ओभरमा अलआउट हुँदै १ सय ९० रन बनाएको थियो ।

केसीटिसीका लागि ओपनर ब्याट्सम्यान विपिन आचार्यले अर्धशतकीय पारी खेलेका थिए । ९० बलको सामना गरेका उनले १० चौकासहित ५७ रन बनाए ।

यस्तै टिमका लागि राहुल भण्डारीले ४२ तथा विबेक राना मगरले २७ र सुरज तामाङले १९ रनको योगदान गरेका थिए ।

बलिङतर्फ ओसिसका सचिन शर्माले ४ तथा सुमित श्रेष्ठ र आयुश बानियाले समान २/२ विकेट लिदाँ स्वरुप श्रेष्ठले १ विकेट लिए ।

त्यसपछि आफ्नो पहिलो ईनिङ सुरु गरेको ओसिसले पहिलो दिनको समाप्ती सम्ममा २३ ओभर भित्र ५ विकेट गुमाएर ४४ रन बनाएको अवस्था छ । अब ओसिसले यहिबाट शुक्रबार ईनिङलाई निरन्तरता दिनेछ ।

यो खेलको नतिजाले प्रतियोगिताको फाइनल पुग्ने दोस्रो टिमको टुंगो लाग्नेछ । यसअघि समूह`बी´ बाट ग्रेट हिमालय क्रिकेट एकेडेमी फाइनल पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्