ईपीएलको खेल तालिका सार्वजनिक : उद्घाटन खेलमा ललितपुर र पोखरा भिड्ने
काठमाडौं (अनलाइन खेलखबर ) । चैत्र १ देखि १५ गतेसम्म हुन गईरहेको नेपालको चर्चित तथा प्रतिष्ठित क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग ( ईपीएल ) को खेल तालिका सार्वजनिक गरेको छ ।
बिहिबार आयोजक ईपीएल प्रालिले सार्वजनिक गरेको खेल तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा साविकको विजेता ललितपुर प्याट्रियट्सले पोखरा राईनोजको सामना गर्ने भएको छ ।
चैत्र १ गते हुने प्रतियोगिताको पहिलो खेल दिउँसो २ बजेपछी हुनेछ । त्यसअघि प्रतियोगिताको भब्य उद्घाटन गरिने आयोजकले जानकारी गराएको छ ।
कुल ६ टिमको सहभागिता रहने प्रतियोगिता राउण्ड रोविनका आधारमा सन्चालन हुनेछ ।त्यसपछि लिगमा पहिलो र दोस्रो स्थानमा रहने टिमले पहिलो क्वालिफायर खेल्नेछ ।
यस खेलको विजेता स्वत फाइनल पुग्नेछ । भने पराजित टोली ईलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ । दोस्रो क्वालिफायरको विजेताले पनि फाइनल पक्का गर्नेछ ।
एलिमिनेटरमा लिगका तेस्रो र चौथोंस्थानमा रहने टिम भिड्ने छन् ।
खेल तालिका !