एसिया कप छ्नोट खेल्न थाईल्याण्ड जान लागेको नेपाली क्रिकेट टोलीको विदाई

एसिया कप छ्नोट खेल्न थाईल्याण्ड जान लागेको नेपाली क्रिकेट टोलीको विदाई

काठमाडौं (अनलाइन खेलखबर ) । सेप्टेम्बरमा पाकिस्तानमा हुन गईरहेको एसिया कप टि – ट्वान्टीको पहिलो छ्नोट प्रतियोगिता खेल्न नेपाली क्रिकेट टोली बिहिबार थाईल्याण्ड जादैछ ।

थाईल्याण्ड जानुअघि नेपाली टोलीलाई बुधबार नेपाल क्रिकेट संघ ( क्यान ) ले एक कार्यक्रमकाबीच विदाई गरेको थियो ।

नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद ( राखेप ) का सदस्य सचीव रमेश कुमार सिलवाल तथा क्यानका पदाधिकारीको उपस्थितिमा विदाई गरिएको थियो ।

थाईल्याण्डमा हुने एसीसी ईस्टर्न रिजन पुरुष टि -ट्वान्टी कप क्रिकेटमा नेपालको लक्ष्य च्याम्पियन हुँदै छ्नोटको अन्तिम छ्नोट खेल्दै एसिया कप खेल्नु रहेको छ ।

प्रतियोगितामा आयोजक थाइल्याण्डसहित नेपाल , मलेसिया, सिंगापुर र हङकङले प्रतिस्पर्धा गर्ने छन् ।

राउण्ड रोबिनका आधारमा सन्चालन हुने प्रतियोगिताको उत्कृष्ट दुई टिम फाइनल पुग्नेछन् र एसिया कपको अन्तिम छ्नोटका लागि छनोट हुनेछन् ।

नेपालले प्रतियोगिताको सुरुवात फेब्रुवरी २९ मा मलेसियासँग खेल्दै गर्नेछ । त्यसपछि दोस्रो खेलमा नेपालले मार्च १ मा हङकङसँग खेल्नेछ ।

त्यसपछि मार्च ४ मा नेपालले आयोजक थाइल्याण्डको सामना गर्नेछ । र नेपालले अन्तिम खेलमा मार्च ६ मा सिंगापुरसँग खेल्नेछ ।

नेपाली टोली बिहिबार दिउँसो थाईल्याण्डतर्फ प्रस्थान गर्नेछ ।

नेपाली टोली : ज्ञानेन्द्र मल्ल ( कप्तान ) , दिपेन्द्र सिंह ऐरी( उप -कप्तान ) , पारस खड्का ,आरिफ शेख, बिनोद भण्डारी, सन्दीप लामिछाने, करण केसी, अभिनास बोहरा, कुशल मल्ल, पवन सरार्फ, सुशन भारी, किशोर महतो, भुवन कार्की र सन्दीप जोरा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *