नेक्ससलाई पराजित गर्दै ग्रेट हिमालय फाइनलमा

नेक्ससलाई पराजित गर्दै ग्रेट हिमालय फाइनलमा

काठमाडौं ( अनलाइन खेलखबर )। समूह `बी´ को अन्तिम खेलमा नेक्सस क्रिकेट एकेडेमीलाई एक ईनिङ अगावै ६३ रनले पराजित गर्दै काठमाडौंमा जारी दोस्रो संस्करणको हिमालय क्रिकेट लिग ( एचसिएल ) दुईदिवसीय क्रिकेट प्रतियोगितामा ग्रेट हिमालय क्रिकेट एकेडेमी फाइनल पुगेको छ ।

पहिलो दिनको समाप्ती सम्ममा ७१ रनले पछि परेको नेक्सस क्रिकेट एकेडेमी दोस्रो ईनिङमा ४२ ओभर भित्र आफ्नो सबै विकेट गुमाएर १ सय १७ सिमित हुन पुगेपछी नतिजा ग्रेट हिमालयले आफ्नो पक्षमा पार्न सफल भयो । जुन जित ग्रेट हिमालयलाई फाइनल पुग्न प्रयाप्त समेत बन्यो ।

यसअघि पहिलो खेलमा हिमालय क्रिकेट एकेडेमीलाई पराजित गरेको ग्रेट हिमालयले समूह चरणमा शत प्रतिशत नतिजा आफ्नो पक्षमा पार्दै प्रतियोगिताको फाइनल पुगेको हो ।

अब ग्रेट हिमालयले फाइनलमा समूह `ए´ को शिर्षस्थानमा रहने टिमसँग १८ र १९ गते फाइनल खेल्नेछ ।

यसअघि मंगलबार मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेक्सस पहिलो पारीमा २४ ओभर भित्र सबै विकेट गुमाएर ४० रनमा सिमित हुन पुगेको थियो ।

निकै खराब ब्याटिङ गर्ने क्रममा नेक्ससका क्रिश कार्कीले १४ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन ।

नेक्ससको पहिलो ईनिङ ध्वस्त पार्ने क्रममा ग्रेट हिमालयका मोहम्मद हुसेन एक्कैले ५ विकेट लिएका थिए । ११ ओभर बलिङ गरेका उनले ५ ओभर मेडन राख्दै मात्र १५ रन खर्चिएर उक्त विकेट लिएका थिए ।

यस्तै टिमका लागि रासिद खान र सोनु देवकोटाले समान २/२ विकेट हात पार्दा अरियो पौडेलले १ विकेट लिए ।

नेक्ससलाई सस्तैमा आउट गरेपछी ग्रेट हिमालयले आफ्नो पहिलो ईनिङ सुरु गर्यो । जसमा ग्रेट हिमालयले ५१ ओभरमा ८ विकेट गुमाएर २२० रन बनाएको अवस्थामा ईनिङको समाप्ती गरेको थियो ।

ग्रेट हिमालयका लागि कप्तान आशिफ शेखले अर्धशतकीय पारी खेल्ने क्रममा ५१ रन बनाए । ५२ बलको सामना गरेका उनले ७ चौका र ३ छ्क्कासहित ५१ रन बनाए ।

यस्तै अलराउण्डर प्रशान्त सिंहले पनि अर्धशतकीय पारी खेलेपछी टिमले ईनिङको समाप्ती गरेको थियो । उनी ५० रनमा अविजित रहे ।

यी दुई बाहेक अशोक पौडेलले २७ तथा आयुशमान बमले २६ रनको योगदान गरेका थिए।

बलिङतर्फ नेक्ससका नरेन साउदले ६ तथा आकाश चन्दले १ विकेट लिएका थिए ।

त्यसपछि पहिलो ईनिङमा १ सय ८० रनले पछि परेको स्थितिबाट दोस्रो ईनिङ सुरु गरेको नेक्सस पहिलो दिनको समाप्तीसँगै ३५ ओभरमा ८ विकेट गुमाएर १ सय ९ रन बनाएको थियो । र यहि बाट नेक्ससले बुधबार ईनिङ सुरु गर्दै १ सय १७ रनमा अलआउट हुन पुग्यो ।

दोस्रो ईनिङमा ग्रेट हिमालयका स्पिनर अरियो पौडेल एक्कैले ८ विकेट लिएपछी नेक्ससको ब्याटिङ सन्तोषजनक हुन सकेन ।

दोस्रो ईनिङमा नेक्ससका लागि महेश रानाले २३ रन बनाए र विशाल विक्रम केसीले १८ रनको योगदान गरे ।

कुल ६ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेता टोलीले नगद १ लाख ५० हजार र उप -विजेता टोलीले ७५ हजार प्राप्त गर्नेछन् ।

यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी , ब्याट्सम्यान , बलर र उदयमान खेलाडीलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *