विश्वकपमा भारतको लगातार दोस्रो जित
एजेन्सी । अष्ट्रेलियामा जारी आईसीसी टि- ट्वान्टी महिला विश्वकपमा भारतले लगातार दोस्रो हासिल गरेको छ ।
सोमबार आफ्नो दोस्रो खेलमा भारतले जित हासिल गर्ने क्रममा बंगलादेशलाई १८ रनले पराजित गरेको थियो ।
समूह`ए´ मा रहेको भारतले यसअघि पहिलो खेलमा घरेलु टोली अष्ट्रेलियालाई १७ रनले पराजित गरेको थियो ।
खेलमा भारतले दिएको १ सय ४३ रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको बंगलादेश निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय २४ रनमा सिमित हुन पुगेपछी नतिजा भारतले आफ्नो पक्षमा पार्न सफल भयो ।
बंगलादेशका लागि निगर सुल्तनाले सर्वाधिक ३५ रन बनाएकी थिइन् । २६ बलको सामना गरेकी उनले ५ चौकासहित उक्त रन बनाईन ।
यस्तै मुर्सिदा खातुनले ३० रन , फहिमा खातुन १७ रन र रुमना अहमदले १३ रन बनाउनु बाहेक अन्य खेलाडीले उल्लेख्य योगदान गर्न नसक्दा बंगलादेश विश्वकपको पहिलो खेलमै पराजित हुन पुग्यो ।
बलिङतर्फ भारतका पुनम यादवले ३ तथा सिखा पाण्डे र अरुंधती रेड्डीले समान २/२ विकेट लिए भने राजेश्वरीले पनि १ विकेट लिन सफल भईन ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारत निर्धारित २० ओभर पुरै खेल्दै ६ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो ।
भारतका लागि सफाली वर्माले सर्वाधिक ठूलो पारी खेलिन । १७ बलको सामना गरेकी उनले २ चौका र ४ छ्क्कासहित ३९ रन बनाईन ।
यस्तै जेमिमाह रोड्रिग्सले ३४ रन , वेदा कृष्णमूर्तिले २० रन र रिचा घोषले १४ रन बनाईन ।
बलिङतर्फ बंगलादेशका सल्मा खातुन र पन्ना घोषले समान २/२ विकेट लिए ।