बालुवाटारमाथि केसीटिसी बलियो स्थितिमा

बालुवाटारमाथि केसीटिसी बलियो स्थितिमा

काठमाडौं ( अनलाइन खेलखबर ) । काठमाडौंमा जारी दोस्रो संस्करणको हिमालय क्रिकेट लिग ( एचसिएल ) दुईदिवसीय क्रिकेट प्रतियोगिताको चौथों खेलको पहिलो दिनको खेल सकिएको छ ।

पहिलो दिनको समाप्तीसँगै काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर(केसीटिसी)ले बालुवाटार क्रिकेट क्लबमाथि १ सय ७ रनको अग्रता बनाएको छ ।

आईतबार मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बालुवाटार पहिलो ईनिङमा २३.३ ओभरमा अलआउट हुँदै ५३ रन बनाएको थियो ।

केसीटिसीका बलरहरु चम्किएपछी बालुवाटारका ब्याट्सम्यान सस्तैमा आउट हुन पुगे । उसका लागि सागर थापाले ११ रन बनाउँनु बाहेक अन्यले दोहोरो अंकसमेत जोड्न सकेनन् ।

बालुवाटारको ब्याटिङ ध्वस्त पार्ने क्रममा केसीटिसीका तिलक भण्डारीले सर्वाधिक ५ तथा सुर्य तामाङले ३ र सुरज तामाङ र सुभाश खत्रीले समान १/१ विकेट लिएका थिए ।

त्यसपछि केसीटिसीले आफ्नो पहिलो ईनिङ सुरु गर्दै ५५.३ ओभरमा ९ विकेटको क्षतिमा पारीको समाप्ती गर्दै २ सय १ रन बनाएको थियो ।

केसीटिसीका लागि ओपनर ब्याट्सम्यान विपिन आचार्यले अर्धशतकीय ७२ रनको योगदान गरे । १०५ बलको सामना गरेका उनले ८ चौकासहित उक्त रन बनाएका थिए ।

यस्तै टिमका लागि सचिन लाखहले ३६ तथा सुर्य तामाङ २६ रनमा अविजित रहेका थिए ।

बलिङतर्फ बालुवाटारका राजन जिसी र दिनेश जंग बुढा मगरले समान ३/ ३ विकेट लिएका थिए । भने कमल श्रेष्ठले २ र अभिनाश सिंहले १ विकेट लिएका थिए ।

र त्यसपछि आफ्नो दोस्रो ईनिङ सुरु गरेको बालुवाटार पहिलो दिनको समाप्तीसँगै २६ ओभरमा ५ विकेट गुमाएर ४२ रन बनाएको छ । र यहिबाट बालुवाटारले सोमबार ईनिङलाई निरन्तरताको दिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *