onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

अष्ट्रेलियासँग दक्षिण अफ्रिकाको लज्जास्पद हार !

एजेन्सी । अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको तीन खेलको टि – ट्वान्टी सिरिजको पहिलो खेलमा घरेलु टोली दक्षिण अफ्रिकाले लज्जास्पद हार ब्यहोरेको छ ।

गएराती भएको खेलमा घरेलु टोलीमाथि सानदार जित निकाल्ने क्रममा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई १ सय ७ रनले पराजित गर्यो ।

खेलमा पाहुना टोली अष्ट्रेलियाले प्रस्तुत गरेको १ सय ९७ रनको विशाल विजयी चुनौतीलाई पछ्याएको दक्षिण अफ्रिका १४.३ ओभरमा अलआउट हुँदै ८९ रनमा सिमित हुन पुगेपछी टिमले फराकिलो हार ब्यहोरेको थियो ।

ब्याटिङमा दक्षिण अफ्रिकाका लागि फाफ डु प्लेसिसले सर्वाधिक ठूलो योगदान गरे । जसमा उनले २४ रन बनाए भने तिब्रगतिका बलर कागिसो रबाडाले पनि २२ रन जोड्दा पाईट भ्यान बिलजोनले १६ रन बनाए भने बाँकी खेलाडीबाट दोहोरो अंकसमेत जोडन असफल भए ।

दक्षिण अफ्रिकाको ब्याटिङ ध्वस्त पार्ने क्रममा अष्ट्रेलियाका एस्टन आगरले सर्वाधिक ५ विकेट लिए । खेलको प्लेयर अफ द म्याचसमेत घोषित भएका उनले उक्त विकेट लिदा मात्र २४ रन खर्चिएका थिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलिया निर्धारित २० ओभर पुरै खेल्दै ६ विकेट गुमाएर १ सय ९६ रन बनाएको थियो ।

उसका लागि स्टीवन स्मिथले सर्वाधिक ठूलो योगदान गर्ने क्रममा ४५ रन बनाए । ३२ बलको सामना गरेका उनले ५ चौका र १ छ्क्कासहित उक्त रन बनाएका थिए ।

यस्तै कप्तान आरोन फिन्चले ४२ रन , एलेक्स क्यारीले २७ तथा मिशेल मार्शले १९ रन बनाएका थिए । भने एस्टन आगर २० रनमा अविजित रहे ।

बलिङतर्फ दक्षिण अफ्रिकाका शम्सी र डेल स्टेनले २/२ विकेट लिए भने लुंगी एनगिडी र
एन्डिले फेल्लुक्वायोको नाममा पनि १/१ विकेट रहयो ।

अब सिरिज अन्तर्गत दोस्रो खेल आईतबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्