विश्वकपमा भारतको विजयी सुरुवात
एजेन्सी । शुक्रबार देखि अष्ट्रेलियामा सुरु भएको आईसीसी टि – ट्वान्टी विश्वकपमा भारतले विजयी सुरुवात गरेको छ ।
विश्वकपमा विजयी सुरुवात गर्ने क्रममा भारतले घरेलु टोली अष्ट्रेलियालाई १७ रनले पराजित गरेको थियो ।
खेलमा भारतले प्रस्तुत गरेको १ सय ३३ रनको मध्यम लक्ष्यलाई पछ्याउँदै जवफी ब्याटिङ गरेको अष्ट्रेलियाले १९.५ ओभरमा अलआउट हुँदै १ सय १५ रनमा सिमित हुन पुगेपछी भारतले विश्वकपमा सुखद सुरुवात गरेको छ ।
अष्ट्रेलियाका लागि ओपनर ब्याटर एलिस्सा हेली र एश्लेग गार्डनरले बाहेक अन्यले दोहोरो अंकसमेत जोडन सकेनन् ।
हेलीले सर्वाधिक ठूलो योगदान गर्ने क्रममा ३५ बलको सामना गर्दै ६ चौका र १ छ्क्कासहित ५१ रन बनाईन । भने गार्डनरले ३४ बनाईएकी थिइन् ।
बलिङतर्फ भारतकी पुनम यादवले ४ तथा शिखा पाण्डेले ३ विकेट लिए भने राजेश्वरीले पनि १ विकेट लिएकी थिइन् ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभर पुरै खेलेर मात्र ४ विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो ।
भारतका लागि दिप्ती शर्माले सर्वाधिक ठूलो योगदान गरिन । अविजित रहेकी उनले ४६ बलमा ३ चौकासहित ४९ रन बनाएकी थिइन् ।
यस्तै टिमका लागि शैफाली वर्माले २९ रन, जेमिम्ह रोड्रिग्सले २६ रन र स्मृति मंधानाले १० रन बनाएकी थिईन ।
बलिङतर्फ अष्ट्रेलियाकी जेस जोनासेनले २ तथा एलिस पेरि र डेलिसाले समान १/१ विकेट लिएका थिए ।
अब विश्वकपमा शनिबार दुई खेल हुनेछ ।पहिलो खेल जुन नेपाली समय अनुसार दिउँसो पौने १ बजेपछि हुने खेलमा थाईल्यान्ड र वेस्ट ईन्डिज भिड्ने छन् भने दोस्रो खेलमा न्युजिल्यान्डले श्रीलंकाको सामना गर्नेछ । यो खेल पौने ५ बजेपछि सुरु हुनेछ ।