कर्पोरेट सुपर सिक्सेस प्रतियोगिताको उपाधि कामना सेवा विकास बैंकलाई

कर्पोरेट सुपर सिक्सेस प्रतियोगिताको उपाधि कामना सेवा विकास बैंकलाई

काठमाडौं( अनलाइन खेलखबर ) | छठौ संस्करणको कर्पोरेट सुपर सिक्सेस प्रतियोगिताको उपाधि कामना सेवा विकास बैंकले उचालेको छ |

बुधबार भएको प्रतियोगिताको फाइनल खेलमा भारतीय राजदूतावासलाई ८ रनले पराजित गर्दै कामना सेवा विकास बैंक पहिलो पटक च्याम्पियन बनेको हो ।

फाइनल खेलमा कामना सेवा विकास बैंकले प्रस्तुत गरेको ६३ रनको विजयी लक्ष्य पछ्याउनदै जवाफी ब्याटिङ गरेको भारतीय राजदूतावास ५४ रनमा सिमित हुन पुग्दा कामनालाई च्याम्पियन प्रयाप्त बन्यो ।

भारतीय राजदूतावासको लागि सुभास सिंहले २८ तथा निरज कुमार सिंहले ११ रन बनाएका थिए |

बलिङतर्फ कामना सेवा विकास बैंकका हेमन्त श्रीवास्तव, केशव गिरि र घनश्याम ढुंगेलले समान एक/एक विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवी अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै कामना सेवा विकास बैंकले निराधित ५ ओभर पुरै ब्याटिङ गर्दै ५ विकेट गुमाएर ६२ रन बनाएको थियो।

कामनाको लागि हेमन्त श्रीवास्तवले सर्वाधिक ३३ रन बनाए जुन क्रममा १७ बलमा ५ चौका र १ छक्का प्रहार गरे। सुरेश उप्रेतीले १३ रन बनाए। भारतीय राजदूतावासका बलर निरज सिंहले १ विकेट लिए।

फाइनल खेलको प्लेयर अफ द म्याच कामना सेवा विकास बैंकका हेमन्त श्रीवास्तव चुनिए।

प्रतियोगिताको उत्कृष्ट खेलाडी कामना सेवा विकास बैंकका हेमन्त श्रीवास्तव चुनिए जसले प्रतियोगिताभर कुल २ सय ५ रन बनाउनुको साथै ४ विकेट लिए।

यस्तै उत्कृष्ट बलर प्राइम कमर्सियल बैंकका विवेक दली चुनिए। उत्कृस्ट ब्याट्सम्यान सेन्चुरी बैंकका सुरज तिमिल्सिना चुनिए। उत्कृष्ट किपर भारतीय राजदूतावासका राजेश चौधरी र उत्कृष्ट फिल्डर प्राइम कमर्सियल बैंकका बिबेक दली घोषित भए ।

यस्फेतै फेयर प्ले अवार्ड नेपाल राष्ट्र बैंकले प्राप्त गर्यो। फाल्गुन ३ गते देखि सुरु भएको प्रतियोगितामा कुल २३ टिमको सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *