onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

वेस्ट ईन्डिजमाथि भारतको रोमान्चक जित

एजेन्सी । शुक्रबार देखि अष्ट्रेलियामा हुन गईरहेको आईसीसी टि-ट्वान्टी विश्वकप अगाडी अहिले अभ्यास खेलहरु भईरहेका छन् ।

जसअन्तर्गत मंगलबार भएको अभ्यास खेलमा भारतले रोमान्चक बनेको खेलमा वेस्ट ईन्डिजलाई २ रनले पराजित गरेको छ ।

खेलमा भारतले प्रस्तुत गरेको १ सय ८ रनको सामान्य विजयी लक्ष्यलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको वेस्ट ईन्डिज निर्धारित २० ओभर पुरै खेलेपनी ७ विकेट गुमाएर १ सय ५ रनमा सिमित हुन पुगेपछी नतिजा अन्ततः भारतले आफ्नो पक्षमा पार्न सफल भयो ।

वेस्ट ईन्डिजकालागि ली ऐनीले सर्वाधिक ठूलो योगदान गरिन । ४१ बलको सामना गरेकी उनले ३ चौका र २ छ्क्कासहित ४२ रनको पारी खेलिन ।

यस्तै टिमकालागि हेले म्याथ्यूजले २५ तथा चिनेल हेनरी १७ र कप्तान स्टेफनी टेलरले १६ रन बनाईएकी थिईन ।

बलिङतर्फ भारतका पूनम यादवले ३ तथा हरमनप्रीत कौर , शिखा पाण्डे र दिप्ती शर्माले समान १/१ विकेट लिएका थिए ।

त्यसअघि खेलमा टस जितेर पहिले ब्याटिङ गरको भारतले निर्धारित २० ओभर पुरै खेल्दै ८ विकेट गुमाएर १ सय ७ रन बनाएको थियो ।

सुरुवात देखि निकै खराब ब्याटिङ गरेको भारतले ३.१ ओभर भित्र टिमको स्कोर १७ रन हुँदा सुरुवाती तीन महत्त्वपूर्ण ब्याटरलाई गुमाएको थियो ।

जसअन्तर्गत सैफाली वर्मा १२ रन , स्मृति मंधाना ४ रन र जेमिमह रोड्रिग्स शून्य रनमा आउट हुन पुगेका थिए ।

त्यसपछि हरमनप्रीत कौरले ११ रन र दिप्ती शर्माले २१ रन जोड्दा अत्यतिर शिखा पाण्डेले अविजित रह्दै २४ रन जोडेपछी भारत यो स्थितीसम्म पुग्न सफल भएको थियो ।

बलिङतर्फ वेस्ट ईन्डिजका शमिलिया कोन्नेल, अनिशा मोहम्मदले समान २/२ विकेट लिए भने
चिनेल हेनरीअफि फ्लेचर,स्टेफनी टेलर र आलियाले पनि समान १/१ विकेट हात पारे ।

यता विश्वकपको पहिलो खेलमा भारतले घरेलु टोली अष्ट्रेलियाको सामना गर्नेछ । १० टिमको सहभागीता रहेको यस विश्वकपमा दुई समूह विभाजन गरिएको छ ।

जसमा समूह’ ए´ मा आयोजक अष्ट्रेलिया , भारत , न्युजिल्यान्ड , श्रीलंका र बंगलादेश रहेका छन् । भने समूह ‘बी´ मा ईङल्यान्ड ,दक्षिण अफ्रिका , वेस्ट ईन्डिज , पाकिस्तान र थाईल्यान्ड रहेका छन् ।

समूह चरणबाट शिर्ष दुई टिम सेमिफाइनल पुग्नेछन् ।

प्रतिक्रिया दिनुहोस्