कर्पोरेट सुपर सिक्स प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा

कर्पोरेट सुपर सिक्स प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा

काठमाडौं (अनलाइन खेलखबर ) । काठमाडौंमा जारी छैठौं संस्करणको कर्पोरेट सुपर सिक्स प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ।

जसअन्तर्गत प्रतियोगिताको सेमिफाइनलमा एनसेल ‘ए’ , कामना सेवा विकास बैंक, सिभिल बैंक र भारतिय दूतावास प्रवेश गरेको छ ।

अब प्रतियोगिताको सेमीफाइनल र फाइनल खेल बुधबार हुनेछ ।

जसअन्तर्गत पहिलो सेमीफाइनलमा एनसेल ‘ए’ र भारतीय दूतावास तथा दोश्रो सेमीफाइनलमा कामना सेवा विकास बैंक र सिभिल बैंक भिड्ने छन् ।     

यता मंगलबार भएको पहिलो क्वार्टरफाइनलमा एनसेल ‘ए’ ले साविकको विजेता समेत रहेको सेन्चुरी बैंकलाई ९ रनले पराजित गर्यो।

एनसेल ‘ए’ ले दिएको ७४ रनको लक्ष्य पछ्याउने क्रममा सेन्चुरीले ६५ रन मात्र बनाउन सक्यो। खेलमा प्लेयर अफ द म्याच चुनिएका एनसेल ‘ए’ का समाज पौडेलले ३६ रन बनाए।

यस्तै दोश्रो क्वार्टरफाइनलमा कामना सेवा विकास बैंक सेमिफाइनल पुग्ने क्रममा एनआईसी एसिया बैंकलाई ३७ रनले पराजित गरेको थियो ।

तेश्रो क्वार्टरफाइनलमा सिभिल बैंकले मेगा बैंकलाई ४ विकेटले पराजित गर्दा चौथों क्वाटरफाइनलमा भारतिय दूतावासले प्राइम कमर्सियल बैंकलाई ३ विकेटले पराजित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *