ग्रेट हिमालयको विजयी सुरुवात
काठमाडौं (अनलाइन खेलखबर ) । काठमाडौंमा जारी दोस्रो संस्करणको हिमालय क्रिकेट लिग (एचसीएल ) यु-१९ दुईदिवसीय क्रिकेट प्रतियोगितामा ग्रेट हिमालय क्रिकेट एकेडेमीले विजयी सुरुवात गरेको छ ।
समूह `बी´ मा रहेका ग्रेट हिमालय क्रिकेट एकेडेमीले प्रतियोगिताको पहिलो खेलमै जित निकाल्ने क्रममा हिमालय क्रिकेट एकेडेमीलाई ७ विकेटले पराजित गरेको हो ।
खेलको दोस्रो दिन १ सय ६४ रनले पछि परेको अवस्थामा आफ्नो दोस्रो ईनिङ सुरु गरेको हिमालय क्रिकेट एकेडेमीले ७०.१ ओभरमा सबै विकेट गुमाएर २ सय ३५ रन बनाउँदै ग्रेट हिमालयविरुद्ध ५९ रनको अग्रता कायम गरेको थियो ।
र ग्रेट हिमालयले ६० रनको विजयी चुनौती प्राप्त गरेको थियो ।
दोस्रो ईनिङमा हिमालय क्रिकेट एकेडेमीका ओपनर ब्याट्सम्यान दिपक बोहराले सर्वाधिक ठूलो योगदान गर्ने क्रममा अर्धशतकीय पारी खेलेका थिए ।
१०३ बलको सामना गरेका उनले ६ चौकासहित ५३ रन बनाए । यस्तै टिमका लागि रजत तिमल्सिनाले ३७ रन , विराट भण्डारीले ३१ रन , गजेन्द्र बोहराले २२ रन तथा प्रतीस जिसिले २१ रन बनाएका थिए ।
बलिङतर्फ ग्रेट हिमालयका राशिद खान एक्कैले ५ विकेट लिए । २०.१ ओभर बलिङ गरेका उनले ५ ओभर मेडन राख्दै ५१ रन खर्चिएर उक्त विकेट लिए ।
यस्तै सोनु देवकोटा र अरियो पौडेलले समान २/२ विकेट हात पार्दा अभिषेक बस्नेतले पनि१ विकेट लिन सफल भए ।
त्यसपछी ६० रनको विजयी चुनौतीलाई पछ्याएको ग्रेट हिमालय क्रिकेट एकेडेमीले उक्त लक्ष्यलाई १३.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
टिमलाई प्रतियोगितामा पहिलो जित दिलाउने क्रममा कप्तान आशिफ शेखले अविजित रहदै ४१ रनको योगदान गरे । भने आयुशमान बमले ९ रन बनाए भने अशोक पौडेल ७ रनमा अविजित रहे ।
बलिङमा हिमालयका सन्दीप खडकाले २ र प्रतिश जिसीले १ विकेट लिए ।
त्यसअघि सोमबार खेलको पहिलो दिन मुलपानी क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हिमालय क्रिकेट एकेडेमी ( एचसीए ) ३४. १ ओभरमा अल आउट हुँदै १ सय ४४ रन बनाएको थियो ।
एचसीएका लागि रजत तिमल्सिनाले सर्वाधिक ठूलो पारी खेले । ३८ बलको सामनागरेका उनले ८ चौका र १ छक्कासहित ४२ रनको योगदान गरे ।
यस्तै गजेन्द्र बोहराले १६ रन , अम्रित थापाले१४ रन , भुमि सिंह कुवरले १६ रन र अत्यतिर सन्दीप शाहीले २३ रनको योगदान गर्नुबाहेक अन्य खेलाडीले उलेख्य योगदान गर्न नसक्दा टिम अलआउट हुन पुग्यो ।
बलिङतर्फ ग्रेट हिमालय क्रिकेट एकेडेमीका सोनु देवकोटाले ३ तथा राशिद खान र मोहम्मद हुसेनले समान २/२ विकेट लिए भने अरियो पौडेल र विवेक यादवले पनि १/१ विकेट हात पारे ।
त्यसपछी ग्रेट हिमालयले आफ्नो पहिलो पारीमा ६०ओभरमा अलआउट हुँदै ३२० रन बनाएको थियो ।
ग्रेट हिमालयका लागि कप्तान आशिफ शेखले शतकीयपारी खेले । ९५ बलको सामना गरेका उनले १७ चौका र १ छक्कासहित १०० रन बनाए ।
यस्तै ग्रेट हिमालयका लागि आयुश बस्नेतले पनि६९ रनको योगदान गरे भने आयुशमान बमले ५३ रन तथा अशोक बस्नेतले ५२ रनको योगदान गरे ।
बलिङतर्फ हिमालय क्रिकेटका सन्दीप शाहीलेसर्वाधिक ४ विकेट लिए भने कप्तान प्रतिष जिसीले २ विकेट लिए । भने गजेन्द्र बोहरा र दिपक बोहराले पनि १/१विकेट हात पारेका थिए ।
अब प्रतियोगितामा भोली(मंगलबार ) देखि बालुवाटार क्रिकेट एकेडेमी र ओसिस क्रिकेट एकेडेमी रहेका छन् ।
कुल ६ टिमको सहभागिता रहेको यस प्रतियोगितामा टिमलाई दुई समूहमा विभाजन गरिएको छ । जसअन्तर्गत समूह`ए´ मा काठमाडौं क्रिकेट ट्रेनिङ्ग सेन्टर (केसिटीसी) ,बालुवाटार क्रिकेट क्लब र ओसिस क्रिकेट एकेडेमी रहेका छन् ।
यस्तै समूह `बी´ मा वाईवाई ग्रेट हिमालय क्रिकेट एकेडेमी, हिमालय क्रिकेट एकेडेमी र नेक्सस क्रिकेट एकेडेमी रहेका छन् ।
राउण्ड रोबिन लिगपछि प्रत्येक समूहको पहिलोस्थानमा रहने टिम १८ र १९ गते हुने फाइनलमा पुग्नेछ । विजेता टोलीले नगद १ लाख ५० हजार र उप -विजेता टोलीले ७५ हजार प्राप्त गर्नेछन् ।
यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी , ब्याट्सम्यान , बलर र उदयमान खेलाडीलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।