onlinekhelkhabar.com

Complete website for Nepali Sports News

हिमालय क्रिकेट लिग दुईदिवसीय क्रिकेट प्रतियोगिताको भब्य उद्घाटन

काठमाडौं(अनलाइन खेलखबर )। दोस्रो संस्करणको हिमालय क्रिकेट लिग यु – १९ दुईदिवसीय क्रिकेट प्रतियोगिता आज सोमबार देखि सुरु भएको छ ।

हिमालय स्पोर्टस् म्यानेजमेन्टले आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन भब्य रुपमा सम्पन्न भएको छ ।


प्रतियोगिताको उद्घाटन प्रदेश सभा सदस्य मणिराम फुयालले गरेका थिए । यस्तै उद्घाटन सत्रमा नेपाल क्रिकेट संघ ( क्यान ) का केन्द्रिय सदस्य दुर्गाराज पाठक , बाग्मती प्रदेश क्रिकेट संघका अध्यक्ष राजु बस्नेत , काठमाडौं जिल्ला खेलकुद विकाश समितीका अध्यक्ष अरुण बस्नेत र अर्किड इन्टरनेशनल कलेजका पिन्सिपल विदुर दाहाल लगायतको उपस्थिति रहेको थियो ।

यस्तै प्रतियोगिताको उद्घाटन खेलमा अहिले मुलपानी क्रिकेट मैदानमा वाईवाई ग्रेट हिमालय क्रिकेट एकेडेमी ( जिएचसिए) र हिमालय क्रिकेट एकेडेमी (एचसिए ) भिडिरहेका छन् । जसमा एचसिएले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ ।

नेपालमा यो स्तरको पहिलो दुईदिवसीयमा क्रिकेट प्रतियोगितामा कुल ६ टिमको सहभागिता रहने छ ।

जसलाई दुई समूहमा विभाजन गरिएको छ । जसअन्तर्गत समूह`ए´ मा काठमाडौं क्रिकेट ट्रेनिङ्ग सेन्टर (केसिटीसी) ,बालुवाटार क्रिकेट क्लब र ओसिस क्रिकेट एकेडेमी रहेका छन् ।

यस्तै समूह `बी´ मा वाईवाई ग्रेट हिमालय क्रिकेट एकेडेमी, हिमालय क्रिकेट एकेडेमी र नेक्सस क्रिकेट एकेडेमी रहेका छन् ।

राउण्ड रोबिन लिगपछि प्रत्येक समूहको पहिलोस्थानमा रहने टिम १८ र १९ गते हुने फाइनलमा पुग्नेछ ।

युवा खेलाडीहरुलाई लामो ढाचाँको क्रिकेट सँग अभ्यस्त गराई माथिल्लो तहको क्रिकेटमा पुग्न सहयोग पुर्याउने उद्देश्यका साथ गर्न लागिएको यस प्रतियोगिताकोलाई काठमाडौं गौशलास्थित विजयी चोकमा अवस्थित अर्किड इन्टरनेशनल कलेजले मुख्य प्रायोजन गरेको छ ।

साथै सह – प्रायोजकको रुपमा बाग्मती प्रदेश खेलकुद विकास परिषदको सहयोग रहने छ । भने नेपाल क्रिकेट संघ ( क्यान ) को प्राविधिक सहयोग रहनेछ ।

कुल १४ दिनसम्म चल्ने प्रतियोगिताको विजेता टोलीले नगद १ लाख ५० हजार र उप -विजेता टोलीले ७५ हजार प्राप्त गर्नेछन् ।

यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी , ब्याट्सम्यान , बलर र उदयमान खेलाडीलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *