दक्षिण अफ्रिकामाथि ईङल्यान्डको सानदार जित : सिरिज पनि ईङल्यान्डकै कब्जामा

दक्षिण अफ्रिकामाथि ईङल्यान्डको सानदार जित : सिरिज पनि ईङल्यान्डकै कब्जामा

एजेन्सी । ईङल्यान्ड र दक्षिण अफ्रिकाबीचको ३ खेलको टि – ट्वान्टी सिरिजको निर्णायक खेलमा पाहुना टोली ईङल्यान्डले बाजि मार्दै सिरिजलाई २-१ ले आफ्नो पक्षमा पार्न सफल भएको छ ।

यसअघि सिरिजमा दुबै टिमले एक – एक जित हासिल गरेका थिए । यस्तोमा आईतबार राती भएको सिरिजको निर्णायक तथा अन्तिम खेलमा ईङल्यान्डले दक्षिण अफ्रिकालाई ५ विकेटले पराजित गर्दै ईङल्यान्डले सिरिज आफ्नो नाममा लेखाउन सफल भयो ।

खेलमा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको २ सय २३ रनको विशाल योगफल पछ्याउँदै जवाफी ब्याटिङ गरेको ईङल्यान्डले उक्त चुनौतीलाई ५ बल बाँकी रहदा पूरा गर्यो ।

विशाल लक्ष्यलाई पछ्याएको ईङल्यान्डलाई सुरुमै ठूलो झटका लागेको थियो । ईनिङ्को २ ओभरको दोस्रो बलमा टिमका भरपर्दा ओपनर ब्याट्सम्यान जेसन रोय ७ रनमा आउट हुन पुगे ।

तर त्यसपछि जोस बटलर र जोनी बेयरस्टोले ईङल्यान्डको पारीलाई अगाडी बढाए र दुबैले राम्रो प्रदर्शन पनि गरे ।

यिदुईबीच दोस्रो विकेटका लागि ९१ रनको साझेदारी हुन पुगेको थियो ।९.३ ओभरमा टिमको स्कोर १०६ रन हुँदा बटलर ड्वेन प्रिटोरियसको बलमा क्याच आउट हुन पुगेपनि टिमका लागि ५७ रनको योगदान गरे ।

उनले उक्त रन बनाउने क्रममा २९ बलको सामना गरेका उनले ९ चौका र २ छ्क्का प्रहार गरे । बटलर आउट भएपछि बेयरस्टोलाई साथ दिन डेविड मालन मैदान प्रवेश गरेका थिए ।

तर दुभाग्यपूर्ण १२ ओभरको तेस्रो बलमा टिमको स्कोर १ सय ४० रन हुँदा बेयरस्टो आउट हुन पुग्दा टिमले केही दबाब महसुश गरेको थियो ।

निकै राम्रो ब्याटिङ गरेका उनले ३४ बलमा ७ चौका र ३ छ्क्कासहित ६४ रन बनाए । उनी आउट भएपछि लगत्तै डेविड मालन पनि ११ रन बनाएको अवस्थामा आउट हुन पुगे ।

त्यसपछि टिमलाई जिताउन कप्तान इयोन मोर्गन र बेन स्टोक्सको ब्याटमा ठूलो जिम्मेवारी आयो । जसमा दुबै सफल हुन पुग्दा टिम विजयी हुन पुग्यो ।

मोर्गन ५७ रनमा अविजित रहे भने बेन स्टोक्सले पनि २२ रन बनाए ।

बलिङतर्फ दक्षिण अफ्रिकाका लुंगी एनगिडीले २ तथा एन्डिले फेल्लुक्वायो,तबराइज शम्सी र ड्वेन प्रिटोरियसले समान १/१ विकेट लिएका थिए ।

त्यसअघि सेन्चुरियनस्थित सुपरस्पोर्ट पार्कमा भएको खेलमा टस जितेर पहिले घरेलु टोली दक्षिण अफ्रिकाले ब्याटिङ गर्दै निर्धारित २० ओभर पुरै ब्याटिङ गर्दै ६ विकेट गुमाएर २ सय २२ रन बनाएको थियो ।

विशाल योगफल खडा गर्ने क्रममा दक्षिण अफ्रिकाले सुरुवात पनि सानदार पाएको थियो । ओपनदद्वय क्विन्टन डि कोक र टेम्बा बावुमाले टिमका लागि ८४ रनको साझेदारी गर्न सफल भएका थिए ।

७.४ ओभरमा पहिलो विकेटका रुपमा आउट हुन पुगेका क्विन्टन डि कोकले ३५ रनको योगदान गरे ।बेन स्टोक्सको बलमा क्याच आउट हुनु अघि उनले २४ बलको सामना गर्दै १ चौका र ४ छ्क्कासहित उक्त रन बनाउँदै टिमलाई ठोस सुरुवात दिलाउँनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे ।

क्विन्टन डि कोक पभेलियन फर्किएपछि अर्का ओपनर टेम्बा बावुमा पनि ८.१ ओभरमा आउट हुन पुगे । अर्धशतक बनाउनबाट मात्र १ रनबाट चुकेका उनले २४ बलको सामना गर्दै ४ चौका र ३ छ्क्कासहित ४९ रन बनाए ।

त्यसपछि ११.२ ओभरमा टिमको स्कोर ११३ रन हुँदा दक्षिण अफ्रिकाले तेस्रा ब्याट्सम्यानलाई गुमायो । तेस्रो विकेटका रुपमा रासी भ्यान डेर दुसेन ११ रनमा आउट हुन पुगे ।

तेस्रो विकेट पतनपछि टिमले अर्को राम्रो साझेदारी पायो । हेनरिक क्लासेन र डेभिड मिलर मिलेर टिमको पारीलाई अगाडी बढाउने क्रममा यी दुईबीच पनि चौथों विकेटका लागि ६४ रनको साझेदारी हुन पुगेको थियो ।

राम्रो ब्याटिङ गरिरहेका क्लासेन १६.३ ओभरमा टिमको स्कोर १७७ रन हुँदा ६६ रनमा आउट हुन पुगे । ईनिङकै सर्वाधिक ठूलो योगदान गर्ने क्रममा उनले उक्त रन ३३ बलमा ४ चौका र समान ४ छ्क्कासहित बनाएका थिए ।

यस्तै मुलरले पनि टिमका लागि अविजित रहदै ३५ रन र एन्डिले फेल्लुक्वायोले ११ रन थपेपछी टिमले विशाल योगफल बनाउन सफल भएको थियो ।

बलिङतर्फ ईङल्यान्डका बेन स्टोक्स र टम कुरानले समान २/२ तथा आदिल राशिद र मार्क वुडले पनि समान १/१ विकेट लिएका थिए ।

योसँगै ईङल्यान्डको दक्षिण अफ्रिका भ्रमण सकिएको छ । यि दुईबीच टेस्ट र एकदिवसीय र टि – ट्वान्टी सिरिज भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *