onlinekhelkhabar.com

Complete website for Nepali Sports News

हिमालय दुईदिवसीय क्रिकेट प्रतियोगिताको तयारी पूरा : उद्घाटन खेलमा जिएचसिए र एचसिए भिड्ने

काठमाडौं(अनलाइन खेलखबर )। यहि सोमबार देखि काठमाडौंस्थित मुलपानी क्रिकेट मैदानमा सुरु हुन गईरहेको दोस्रो संस्करणको हिमालय क्रिकेट लिग यु – १९ दुईदिवसीय क्रिकेट प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको छ ।

आइतबार आयोजक हिमालय स्पोर्टस् म्यानेजमेन्टले पत्रकार सम्मेलन गरि प्रतियोगिताको सबै तयारी सकिएको र प्रतियोगिताको लागि आफुहरु उत्साहित रहेको बताएको थियो ।

नेपालमा यो स्तरको पहिलो दुईदिवसीयमा क्रिकेट प्रतियोगितामा कुल ६ टिमको सहभागिता रहने छ ।

जसलाई दुई समूहमा विभाजन गरिएको छ । जसअन्तर्गत समूह`ए´ मा काठमाडौं क्रिकेट ट्रेनिङ्ग सेन्टर (केसिटीसी) ,बालुवाटार क्रिकेट क्लब र ओसिस क्रिकेट एकेडेमी रहेका छन् ।

यस्तै समूह `बी´ मा वाईवाई ग्रेट हिमालय क्रिकेट एकेडेमी, हिमालय क्रिकेट एकेडेमी र नेक्सस क्रिकेट एकेडेमी रहेका छन् ।

राउण्ड रोबिन लिगपछि प्रत्येक समूहको पहिलोस्थानमा रहने टिम १८ र १९ गते हुने फाइनलमा पुग्नेछ ।

युवा खेलाडीहरुलाई लामो ढाचाँको क्रिकेट सँग अभ्यस्त गराई माथिल्लो तहको क्रिकेटमा पुग्न सहयोग पुर्याउने उद्देश्यका साथ गर्न लागिएको यस प्रतियोगिताकोलाई काठमाडौं गौशलास्थित विजयी चोकमा अवस्थित अर्किड इन्टरनेशनल कलेजले मुख्य प्रायोजन गरेको छ ।

साथै सह – प्रायोजकको रुपमा बाग्मती प्रदेश खेलकुद विकास परिषदको सहयोग रहने छ । भने नेपाल क्रिकेट संघ ( क्यान ) को प्राविधिक सहयोग रहनेछ ।

कुल १४ दिनसम्म चल्ने प्रतियोगिताको विजेता टोलीले नगद १ लाख ५० हजार र उप -विजेता टोलीले ७५ हजार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी , ब्याट्सम्यान , बलर र उदयमान खेलाडीलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।

यता प्रतियोगिताको उद्घाटन खेल वाईवाई ग्रेट हिमालय क्रिकेट एकेडेमी ( जिएचसिए) र हिमालय क्रिकेट एकेडेमी (एचसिए ) बीच हुनेछ ।

खेल तालिका !

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *