न्युजिल्यान्डमाथि ईङल्यान्डको सहज जित

न्युजिल्यान्डमाथि ईङल्यान्डको सहज जित

एजेन्सी । अष्ट्रेलियामा यहि शुक्रबार देखि सुरु हुन गईरहेको आईसीसी महिला टि – ट्वान्टी विश्वकपको चौथों अभ्यास खेलमा ईङल्यान्डले न्युजिल्यान्डलाई ६ विकेटले पराजित गरेको छ ।

आईतबार बिहान भएको खेलमा न्युजिल्यान्डले प्रस्तुत गरेको १ सय ३५ रनको विजयी चुनौतीलाई ईङल्यान्डले १८ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो ।

मध्यम लक्ष्यलाई पछ्याएको ईङल्यान्डको सुरुवात पनि राम्रो हुन पुगेको थियो ।

ओपनरद्वय एमी एलेन जोन्स र डेनियल व्याटले ओपनिङ ४१ रनको साझेदारी गरेका थिए ।

५.२ओभरमा पहिलो विकेटका रुपमा टिमले एमीलाई ब्यक्तिगत २१ रनमा गुमाएको थियो । पहिलो विकेटको पतनपछि टिमले सोही ओभरको चौथों बलमा क्याथरिन ब्रन्टलाई शुन्य रनमा गुमायो ।

त्यसपछि भने डेनियलले ४२ रनको योगदान गर्दा कप्तान हेदर नाइटले ईनिङको सर्वाधिक ठूलो रन बनाउने क्रममा अविजित रहदै ४५ रनको योगदान गरिन । ३६ बलको सामना गरेकी उनले उक्त रन बनाउने क्रममा ४ चौका र १ छ्क्का प्रहार गरिन ।

बलिङतर्फ न्युजिल्यान्डकी लेया तहुहुले २ तथा लेघ कास्परेक र जेस केरले पनि १/१ विकेट हात पारे ।

त्यसअघि एडिलेडस्थित करेन रोल्टन ओवल क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभर पूरै खेल्दै ९ विकेट गुमाएर १ सय ३४ रन बनाएको थियो ।

उसका लागि मध्यक्रमकी ब्याटर क्याटे मार्टिनले अर्धशतकीय पारी खेलिन । ४४ बलको सामना गरेकी उनले ५७ रन बनाउने क्रममा ७ चौकासमेत प्रहार गरिन ।

यस्तै न्युजिल्यान्डका लागि सुजी बेट्सले ३३ रन बनाउनु बाहेक अन्य खेलाडीबाट उल्लेख्य योगदान हुन नसक्दा टिम मध्यम योगफलमा रोकिएको थियो ।

बलिङतर्फ ईङल्यान्डका क्याथरिन ब्रन्टले ३ तथा अन्या र सोफीले २/२ विकेट लिन सफल हुँदा सारा ग्लेनले १ विकेट लिएकी थिईन ।

यस्तै विश्वकपको अभ्यास खेल अन्तर्गत आईतबार बिहान भएको खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ४१ रनले पराजित गरेको थियो ।

यता विश्वकपको पहिलो खेलमा अष्ट्रेलिया र भारत भिड्ने छन् । १० टिमको सहभागीता रहेको यस विश्वकपमा दुई समूह विभाजन गरिएको छ । जसमा समूह’ ए´ मा आयोजक अष्ट्रेलिया , भारत , न्युजिल्यान्ड , श्रीलंका र बंगलादेश रहेका छन् ।

भने समूह ‘बी´ मा ईङल्यान्ड ,दक्षिण अफ्रिका , वेस्ट ईन्डिज , पाकिस्तान र थाईल्यान्ड रहेका छन् ।

समूह चरणबाट शिर्ष दुई टिम सेमिफाइनल पुग्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *