श्रीलंकामाथि दक्षिण अफ्रिकाको सानदार जित

श्रीलंकामाथि दक्षिण अफ्रिकाको सानदार जित

एजेन्सी । अष्ट्रेलियामा फेब्रुअरी २१ देखि मार्च ८ सम्म हुन गईरहेको आईसीसी महिला टि – ट्वान्टी विश्वकपको पूर्वसन्धामा अहिले विश्वकपका अभ्यास खेलहरु भईरहेको अवस्था छ ।

यसबीचमा श्रीलंका र दक्षिण अफ्रिकाबीच आईतबार भएको खेलमा दक्षिण अफ्रिका ४१ रनले विजयी भएको छ ।

खेलमा दक्षिण अफ्रिकाले दिएको १ सय ४७ रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको श्रीलंका निर्धारित २० ओभर पुरै खेलेपनि ८ विकेट गुमाएर १ सय ५ रनमा सिमित हुँदा नतिजा दक्षिण अफ्रिकाले आफ्नो पक्षमा पार्न सफल भयो ।

श्रीलंकाको लागि अमा कंचनाले सर्वाधिक ठूलो पारी खेल्ने क्रममा १५ बलको सामना गर्दै २ चौका र १ छ्क्कासहित अविजित रहेर २४ रन बनाईन । भने ओपनर ब्याटर हसिनी परेराले पनि २२ रनको योगदान गर्दा बाकी खेलाडीबाट त्यति उल्लेख्य साथ नपाउँदा टिम निराश हुन पुग्यो ।

बलिङतर्फ दक्षिण अफ्रिकाकी सुने लुउसले सर्वाधिक ४ विकेट लिईन ।

त्यसअघि एडिलेडस्थित करेन रोल्टन ओवल क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभर पुरै खेल्दै ५ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका लागि मारीज्ने काप्पले सर्वाधिक ठूलो योगदान गरिन । ४४ बलको सामना गरेकी उनले ३ चौका र १ छ्क्कासहित ४४ रन बनाईन ।

सुरुवाती दुई ओपनर ब्याटर लिजेल ली र डेन भ्यान निकेरकलाई शुन्य रनमा गुमाएको भएपनी त्यसपछि दक्षिण अफ्रिकाका ब्याटरले राम्रो प्रदर्शन गरे ।

त्यसबीचमा तेस्रो विकेटका लागि मिग्नोन डु प्रीज र मारीज्नेबीच ५० रनको साझेदारी हुन पुगेको थियो । ११.१ ओभरमा टिमको स्कोर ५४ रन हुँदा मिग्लोनलाई टिमले ब्यक्तिगत २८ रनमा गुमाएको थियो ।

मिग्लोन आउट भएपछि मारीज्ने आउट हुन पुगेकी थिइन । त्यसपछि सुने लुउस ७ रन बनाएर आउट हुन पुग्दा लौरा वोल्वार्ड ३८ रनमा अविजित हुँदा अविजित रहदै क्लो ट्रिनले पनि २३ रन जोडन सफल भईन ।

बलिङतर्फ श्रीलंकाकी उदेशिका प्रबोधनी र चमारी अथपथथुले समान २/२ विकेट हात पारे भने सुगन्धिका कुमारीले पनि १ विकेट हात पारिन ।

१० टिमको सहभागीता रहेको यस विश्वकपमा दुई समूह विभाजन गरिएको छ । जसमा समूह’ ए´ मा आयोजक अष्ट्रेलिया , भारत , न्युजिल्यान्ड , श्रीलंका र बंगलादेश रहेका छन् ।

भने समूह ‘बी´ मा ईङल्यान्ड ,दक्षिण अफ्रिका , वेस्ट ईन्डिज , पाकिस्तान र थाईल्यान्ड रहेका छन् ।

समूह चरणबाट शिर्ष दुई टिम सेमिफाइनल पुग्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *