
पूर्वी क्षेत्रिय टि – ट्वान्टी क्रिकेट प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा
काठमाडौं ( अनलाइन खेलखबर ) । आउँदो फागुन १५ देखि २३ गतेसम्म थाईल्याण्डमा हुन गईरहेको पूर्वी क्षेत्रिय टि – ट्वान्टी क्रिकेट प्रतियोगिताका लागि नेपालले आफ्नो टोलीको घोषणा गरेको छ ।
शुक्रबार नेपाल क्रिकेट संघले घोषणा गरेको १४ सदस्यीय टोलीमा ज्ञानेन्द्र मल्ल ( कप्तान ) दीपेन्द्र सिंह ऐरी, पारस खड्का , विनोद भण्डारी , मोहम्मद आरिफ शेख, करण केसी, सन्दीप लामिछाने , अभिनाश बोहरा , कुशल मल्ल , सुशन भारी , पवन सरार्फ , सन्दीप जोरा , किशोर महतो र भुवन कार्की रहेका छन् ।
सेप्टेम्बर महिनामा पाकिस्तानमा हुने टि – ट्वान्टी एसिया कपको छ्नोट प्रक्रिया अन्तर्गत रहेको यस प्रतियोगितामा आयोजक थाईल्याण्ड सहित नेपाल सहित, भुटान, चीन, म्यानमार, हङकङ, मलेसिया र सिंगापुर रहेका छन् ।
यस्तै पश्चिम क्षेत्रमा पनि छ्नोट प्रतियोगिता हुनेछ । जसमा बहराइन, इरान, कुवेत, माल्दिभ्स, ओमान, कतार, साउदी अरबिया र यूएई रहेका छन् ।
यो क्षेत्रको छ्नोट भने फागुन ९ देखि १६ सम्म ओमानमा हुनेछ ।
यसपछि यी दुई रिजनको छ्नोटमा उत्कृष्ट २/२ टोली मलेसियामा हुने अन्तिम छ्नोट प्रतियोगिता खेल्नेछ्न ।
र यस अन्तिम छ्नोटको विजेता टोलीले आगामी एसिया टि- ट्वान्टी कपमा स्थान पक्का गर्नेछ ।
छ्नोट हुने टिमले भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानसँग खेल्ने सुनौलो अवसर प्राप्त गर्नेछ ।