यसपटक पनि केविन ओ ब्रायन काठमाडौंबाटै ईपीएल खेल्ने

यसपटक पनि केविन ओ ब्रायन काठमाडौंबाटै ईपीएल खेल्ने

काठमाडौं (अनलाइन खेलखबर) । चैत्र १ गते देखि १५ गतेसम्म हुन गईरहेको चौथों संस्करणको एभरेष्ट प्रिमियर लिग ( ईपीएल ) मा ठूला विदेशी खेलाडीहरु अनुबन्धित हुने क्रम जारी रहेको छ ।

यसैबीचमा टेस्ट मान्यता प्राप्त आयरल्यान्डका अलराउण्डर केभीन ओ ब्रायन यसपटक पनि नेपालको चर्चित तथा प्रतिष्ठित क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग ( ईपीएल ) मा खेल्ने भएका छन् ।

अघिल्लो संस्करणमा उनि काठमाडौं किग्स -११ बाट खेलेका थिए । र अहिले पनि सोही टिमबाट खेल्ने पक्का भएको छ ।

आयरल्यान्डका स्टार क्रिकेटर केभिनले हालसम्म ३ टेष्ट, १ सय ४५ एकदिवसीय र ९३ टि ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका छन् ।

जसमा टेस्टमा उनले एक शतक र एक अर्धशतकसहित २ सय ५८ रन बनाउँदा एकदिवसीय क्रिकेटमा भने ३५ सय ४६ रन बनाईसकेका छन् । जसमा २ शतक र १८ अर्धशतक सामेल रहेको छ ।

यता टि – ट्वान्टी अन्तर्राष्ट्रियमा उनले १५ सय ९२ रन बनाएका छन् । जसमा १ शतक र ३ अर्धशतक रहेको छ । भने बलिङतर्फ टि – ट्वान्टीमा ५८ विकेट लिईसकेका छन् ।

टिममा केभिनसँगै युवा स्टार क्रिकेटर सन्दीप लामिछाने , दीपेन्द्र सिंह ऐरी, जितेन्द्र मुखिया , अमित श्रेष्ठ, राजु रिजाल, मोहम्मद साम्सद शेख, अमर सिंह रौटेला , सुवास खकुरेल, आकाश चन्द, अमृत भट्टराई , शेर मल्ल, सागर पुन र दीपेन्द्र रावत रहेका छन् ।

यता विदेशी खेलाडीको हकमा यसपटकको ईपीएलमा वेस्ट ईन्डिजका महान खेलाडी क्रिस गेल पोखरा राईनोजबाट खेल्दैछ्न । भने वेस्ट ईन्डिजकै ड्वेन स्मिथ भैरहवा, श्रीलंकाका उपुल थरंगा ललितपुरबाट , आयरल्यान्डका पाउल स्टर्लिङ र अफगानिस्तानका मोहम्मद शाहजाद चितवन टाईगर्सबाट खेल्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *