राष्ट्रिय क्रिकेट टोलीलाई जगत टमटाले सम्हाल्ने
काठमाडौं ( अनलाइन खेलखबर ) । उमेश पटवालले नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकबाट अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) लाई राजीनामा बुझाईसकेको अवस्थामा उनलाई नेपाल क्रिकेट संघले विदाई गर्ने तयारी गर्दैछ ।
यस्तोमा अब नेपाली राष्ट्रिय क्रिकेट टिमलाई जगत टमटाले सम्हाल्ने भएका छन् । अर्को प्रशिक्षक नियुक्त नहुँदा सम्म उनि नेपालको मुख्य प्रशिक्षकका रुपमा रहेर टिमलाई प्रशिक्षण गराउने छन् ।
पटवालले जेठ १७ गतेबाट नेपाली टोलीलाई सम्हालेका थिए । प्रशिक्षक हुनुअघि उनले जगत टमटाको मातहत नेपाली टोलीको ब्याटिङ कन्सल्ट्यान्टका रुपमा जिम्मेवारी निर्बाह गरेका थिए ।
त्यसपछि जगत टमटालाई प्रतिस्थापन गर्दै राष्ट्रिय खेलकुद परिषद ( राखेप ) को पहलमा उनलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपालका लागि एक बर्षको लागि जिम्मेवारी दिएको थियो ।
प्रशिक्षकमा नियुक्त भएपछी उनले नेपाललाई आगामि विश्वकपमा नेपाललाई पुर्याउने बाचा समेत गरेका थिए। तर उनि त्यो बाचालाई पूरागर्न असफल भए ।
नेपालले विश्वकपको अन्तिम छ्नोट प्रक्रियामा रहेको ग्लोबल क्वालिफायरमा समेत पुग्न सकेन । त्यसबेला देखि पटवालको व्यापक आलोचना हुँदै आएको थियो ।
र यसबीचमा उनले केही दिनअघि मुख्य प्रशिक्षकबाट राजीनामा दिएका थिए ।
अब टमटाले आसन्न थाईल्याण्डमा हुने एसिया कप टि – ट्वान्टी छ्नोट प्रक्रियाको पूर्वी क्षेत्रिय टि – ट्वान्टी क्रिकेट प्रतियोगितामा पनि जिम्मेवारी निर्वाह गर्नेछन् । जुन प्रतियोगिता फागुन १५ देखि २३ गतेसम्म हुँदैछ ।