onlinekhelkhabar.com

Complete website for Nepali Sports News

हिमालय क्रिकेट लिगलाई अर्किड इन्टरनेशनल कलेजको साथ

काठमाडौं(अनलाइन खेलखबर )।हिमालय स्पोर्टस् म्यानेजमेन्टको आयोजनामा यहि फागुन ५ गतेदेखि १८ गतेसम्म हुन गईरहेको दोस्रो संस्करणको हिमालय क्रिकेट लिग यु – १९ दुईदिवसीय क्रिकेट प्रतियोगितालाई अर्किड इन्टरनेशनल कलेजले मुख्य प्रायोजन गरेको छ ।

काठमाडौं गौशलास्थित विजयी चोकमा अवस्थित यस कलेजले मुलपानी क्रिकेट मैदानमा हुन गईरहेको यस प्रतियोगितासँग जोडिएको हो ।

क्रिकेटको उदायमान देश नेपाल जसले पछिल्लो समय क्रिकेटमा निकै राम्रो गर्दै आएको छ । नेपालले एकपछि अर्को अन्तर्राष्ट्रियस्तरमा सफलता हात पार्दै गर्दा नेपालमा लामो ढाँचाका प्रतियोगिताहरु बिरलै हुँदै आईरहेको अवस्थामा क्रिकेट विकासमा केही सहयोग पुगोस भन्ने हेतुका साथ त्यसलाई मध्यनजर गर्दै यो दुईदिवसीय क्रिकेट प्रतियोगिता गर्न लागिएको आयोजक हिमालय स्पोर्ट्सले जानकारी गराएको छ ।

६ टिमको सहभागी रहने यस प्रतियोगिताको विजेता टोलीले नगद १ लाख ५० हजार र उप -विजेता टोलीले ७५ हजार प्राप्त गर्नेछन् ।

यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी , ब्याट्सम्यान , बलर र उदयमान खेलाडीलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *