onlinekhelkhabar.com

Complete website for Nepali Sports News

सन्दीपले रंगशाला निर्माणका लागि ७० हजार भन्दा बढी सहयोग गर्ने

काठमाडौ(अनलाइन खेलखबर)।नेपालका युवा स्टार क्रिकेटर सन्दीप लामिछानेले धुर्मुस सुन्तली फाउन्डेसनले जनस्तरबाट चितवनस्थित रामपुरमा निर्माण गरिरहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि ७० हजार भन्दा बढी आर्थिक सहयोग गर्ने भएका छन् ।

सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकपको छ्नोट प्रक्रिया अन्तर्गत रहेको आईसीसी विश्वकप लिग -२ मा नेपालले घरेलु भूमिमा ओमान र अमेरिकासँगको ४ खेलमा आफुले लिने विकेट बराबर ८ हजार ८ सय ४८ रुपैयाँ रंगशालालाई सहयोग गर्ने सन्दीपले खेलअघि घोषणा गरेका थिए ।

र सोही घोषणा अनुसार उनले सिरिजमा कुल ८ विकेट लिन सफल भए । यस्तोमा उनको घोषणा अनुसार ७० हजार ७ सय ८४ हुन आउँछ । अब उनले रकमलाई फाउन्डेसनलाई हस्तान्तरण गर्नेछन् ।

उनले खेलका दौरान अमेरिकासँगको पहिलो खेलमा २ र अमेरिकासँगैको दोस्रो खेलमा ६ विकेट लिएका थिए भने ओमानसँग उनी विकेट रहेका थिए ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *