onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सन्दीप र सुशनको उत्कृष्ट बलिङमा अमेरिका निरिह सावित

काठमाडौं ( अनलाइन खेलखबर ) | नेपालका युवा स्टार क्रिकेटर सन्दीप लामिछाने र सुशन भारीले उत्कृष्ट बलिङ गरेपछि आईसीसी विश्वकप लिग -२ अन्तर्गत नेपालले एकदिवसीय क्रिकेटमा निकै झिनो लक्ष्य प्राप्त गरेको छ ।

कीर्तिपुरस्थित त्रिवी अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निकै खराब ब्याटिङ गर्दै १२ ओभरमा अलआउट हुँदै ३५ रनमा सिमित हुन पुग्यो।

उसका लागि जेभियर मार्शलले १६ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन र टिम निकै कम स्कोरमा रोकिन बाध्य भयो त्यसअघि जिम्बाबेले श्रीलंकासँगको खेलमा ३५ रन बनाएको थियो जसमा अमेरिकाले बराबर गरेको छ ।

अमेरिकाको ब्याटिङ ध्वस्त गर्ने क्रममा सन्दीप लामिछानेले ६ ओभर बलिङ गर्दै १ ओभर मेडन राख्दै १६ रन खर्चिएर ६ विकेट लिए भने सुशन भारीले ३ ओभरमा १ ओभर मेडन राख्दै ५ रन खर्चिएर ४ विकेट लिन सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्