onlinekhelkhabar.com

Complete website for Nepali Sports News

अमेरिकासँगको दोस्रो भेट : नेपाल सुखद अन्त्यको खोजीमा

काठमाडौं ( अनलाइन खेलखबर ) । आईसीसी विश्वकप लिग -२ अन्तर्गत आज नेपालले आफ्नो चौथों खेलमा अमेरिकासँग खेल्दैछ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साढे ९ बजेपछी हुने खेलमा घरेलु टोली नेपालले अमेरिकामाथि लगातार दोस्रो जित निकाल्न चाहन्छ ।

यसअघि नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको थियो । यता नेपाल भ्रमणमा रहेको अमेरिकाले यसअघिका सबै खेल गुमाएको छ । र अमेरिका नेपालमा सुखद अन्त्यको खोजिमा रहने छ ।

भने नेपालको पनि त्यति संतोषजनक प्रदर्शन हुन सकेको छैन । नेपालले यसअघि ओमानसँगको दुई गुमाएको छ ।

जसमा नेपाल ओमानसँग पहिलो खेलमा १८ रन र दोस्रो खेलमा ८ विकेटले पराजित हुन पुगेको थियो ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *