ओमानको लगातार चौथों जित

ओमानको लगातार चौथों जित

काठमाडौं ( अनलाइन खेलखबर) । आईसीसी विश्वकप लिग अन्तर्गत नेपालमा भएको ओमान , अमेरिका र नेपालबीचको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा पनि ओमान विजयी भएको छ ।

सिरिजमा लगातार चौथों जित हासिल गर्ने क्रममा ओमानले अमेरिकालाई ९२ रनले पराजित गर्न सफल भयो ।

खेलमा ओमानले प्रस्तुत गरेको २ सय ७७ रनको विजयी चुनौतीलाई पछ्याउदै जवाफी ब्याटिङ गरेको अमेरिका ३९.१ ओभरमा अलआउट हुँदै १ सय ८४ रनमा सिमित भएपछी खेल ओमानले आफ्नो पक्षमा पार्न सफल भयो ।

ठूलो लक्ष्यलाई पछ्याएको अमेरिकाका लागि निसंग पटेलले सर्वाधिक ठूलो योगदान गर्ने क्रममा ५२ रन बनाए भने एरोन जोन्सले ४७ रन तथा इयान होल्यान्डले २८ तथा जेभियर मार्शलले २३ रन बनाए पनि अन्य खेलाडीले उलेख्य योगदान गर्न नसक्दा टिम पराजित हुन पुग्यो ।

बलिङतर्फ ओमानका बिलाल खान र एकुव ईलियासले समान ३/३ विकेट लिएका थिए भने जिशान मक्सुदले २ र मोहम्मद नदीमले १ विकेट हात पारेका थिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभर पुरै खेल्दै ६ विकेट गुमाएर २ सय ७६ रन बनाएको थियो ।

खेलमा खराब सुरुवात गरेको ओमानका लागि कप्तान जिशान मक्सुद र अकिब ईलियासले तेस्रो विकेटका लागि २१६ रनको साझेदारी गरेपछि टिम यो स्कोरसम्म पुग्न सफल भएको थियो ।

त्यसअघि टिमले ७.३ ओभरमा टिमको स्कोर २१ रन हुँदा पहिलो विकेट गुमाएको थियो। जसमा खवार अलिले १० रन बनाएर आउट हुन पुग्दा जतिन्द्रर सिंह पनि ९ रनमा पभेलियन फर्किएका थिए ।

२ विकेटको पतनपछी टिमले सानदार साझेदारी पायो जसमा जिशान र अकिव दुवैले उत्कृष्ट ब्याटिङ गरे ।

४६.४ ओभरमा तेस्रो विकेटका रुपमा आउट हुन पुगेका जिशानले अमेरिकाका कप्तान सौरभ नेत्रवलकरको बलमा आउट हुनुअघि १०९ बलमा १० चौका र ४ छक्कासहित १०९ रन बनाएका थिए ।

यस्तै अकिब ईलियासले पनि १२३ बलको सामना गर्दै ११ चौका र १ छक्काको सहयोगमा १०५ रन बनाए भने सन्दीप गौड १३ रनमा अविजित रहे ।

बलिङतर्फ अमेरिकाका सौरभ नेत्रवलकर र रस्टी थेरनले समान ३/३ विकेट हात पारेका थिए ।

यो जितसंगै ओमान विश्वकप लिग -२ अन्तर्गत शीर्षस्थानमा यथावत नै रहेको छ । लिगमा १० खेल खेलेको ओमानको १६ अंक जोडेको छ । भने पराजित भएको अमेरिका ११ खेलबाट १२ अंकसहित दोस्रो स्थानमा रहेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *