फेरी भारत पराजित : सिरिजमाथि न्युजिल्यान्डको क्लिनस्विप

फेरी भारत पराजित : सिरिजमाथि न्युजिल्यान्डको क्लिनस्विप

एजेन्सी । घरेलु टोली न्युजिल्यान्डले भारतसँगको तिन खेलको एकदिवसीय सिरिजलाई क्लिनस्विप गरेको छ ।

मंगलबार भएको सिरिजको अन्तिम खेलमा न्युजिल्यान्डले भारतमाथि ५ विकेटले जित हासिल गरेपछि सिरिजमा सबै खेल जित्दै क्लिनस्विप गरेको हो ।

खेलमा भारतले प्रस्तुत गरेको २ सय ९८ रनको विजयी चुनौतीलाई न्युजिल्यान्डले ४७.१ ओभरमा मात्र ५ विकेट गुमाएर पूरा गर्न सफल भयो ।

सुरुवात देखि नै निकै राम्रो सुरुवात गरेको न्युजिल्यान्डले पहिलो विकेटका लागि ओपनरहरुले १०६ रनको साझेदारी गरेका थिए ।

१६.३ ओभरमा पहिलो विकेटका रुपमा टिमले मार्टिन गुप्टिललाई व्यक्तिगत ६६ रनमा गुमायो युजवेंद्र चहलको बलमा बोल्ड आउट हुन पुगेका उनले उक्त रन बनाउने क्रममा ४६ बलको सामना गर्दै ६ चौका र ४ छक्का प्रहार गरेका थिए ।

गुप्टिल आउट भएपछी हेनरी निकोलसलाई केन विलियमसनले साथ दिए यी दुईबीच दोस्रो विकेटका लागि ५३ रनको साझेदारी हुन पुगेको थियो ।

दोस्रो विकेटका रुपमा पभेलियन फर्किएका विलियमसनले २२ रन बनाए भने हेनरी निकोलसले सर्वाधिक ठूलो योगदान गर्ने क्रममा ८० रनको पारी खेले । यस्तै कोलिनले डि ग्रान्डोम्मे अविजित रहदै ५८ रन बनाएका थिए

बलिङतर्फ भारतका युजवेंद्र चहलले ३ तथा सार्दुल ठाकुर र रविन्द्र जडेजाले समान १/१ विकेट लिएका थिए ।

त्यसअघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभर पुरै खेल्दै ७ विकेट गुमाएर २ सय ९७ रन बनाएको थियो ।
भारतका लागि लोकेश राहुलले शतकीय पारी खेले ११३ बलको सामना गरेका उनले ९ चौका र २ छक्कासहित १ सय १२ रन बनाए जुन शतक उनको एकदिवसीयमा चौथों शतक हो ।

यस्तै टिमका लागि ओपनर ब्याट्सम्यान पृवि शाले ४० रन बनाए ४२ बलको सामना गरेका उनले उक्त रन बनाउने क्रममा ४२ बलको सामना गर्दै ३ चौका र २ छक्कास प्रहार गरेका थिए ।

यस्तै अन्त्यतिर मनिष पाण्डेले पनि ४२ रनको योगदान गरेपछि टिम ठूलो योगफलतर्फ पुग्न सफल भयो ।

बलिङतर्फ न्युजिल्यान्डका हमिशले ४ तथा जेम्स नीशम र काइल जैमीसनले पनि समान १/१ विकेट लिएका थिए ।

अब यी दुईबीच २ टेस्ट खेल हुन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *