onlinekhelkhabar.com

Complete website for Nepali Sports News

लोकेशको शतकमा भारतले दियो न्युजिल्यान्डलाई ठूलो चुनौती

एजेन्सी – भारत र न्युजिल्यान्डबीचको तिन खेलको एकदिवसीय सिरिज अन्तर्गत अन्तिम खेलमा पाहुना टोली भारतले न्युजिल्यान्डसामू २ सय ९८ रनको विजयी चुनौती प्रस्तुत गरेको छ ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभर पुरै खेल्दै ७ विकेट गुमाएर २ सय ९७ रन बनाएको छ ।

भारतका लागि लोकेश राहुलले शतकीय पारी खेले ११३ बलको सामना गरेका उनले ९ चौका र २ छक्कासहित १ सय १२ रन बनाए जुन शतक उनको एकदिवसीयमा चौथों शतक हो ।

यस्तै टिमका लागि ओपनर ब्याट्सम्यान पृवि शाले ४० रन बनाए ४२ बलको सामना गरेका उनले उक्त रन बनाउने क्रममा ४२ बलको सामना गर्दै ३ चौका र २ छक्कास प्रहार गरेका थिए ।

यस्तै अन्त्यतिर मनिष पाण्डेले पनि ४२ रनको योगदान गरेपछि टिम ठूलो योगफलतर्फ पुग्न सफल भयो ।

बलिङतर्फ न्युजिल्यान्डका हमिशले ४ तथा जेम्स नीशम र काइल जैमीसनले पनि समान १/१ विकेट लिएका थिए ।

सिरिजमा यसअघि दुई खेल जितेको न्युजिल्यान्डले यदि यो खेल आफ्नो पक्षमा पार्न सफल भएमा सिरिजमाथि क्लिनस्पीप् गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्