onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

डेभिड वार्नरले तेस्रोपटक ‘एलन बोर्डर मेडल’ जिते

एजेन्सी । अष्ट्रेलियाको प्रतिष्ठित क्रिकेट अवार्ड ‘एलन बोर्डर मेडल’ डेभिड वार्नरले तेस्रोपटक जितेका छन् ।

सोमबार भएको अवार्ड समारोहमा यसवर्षको पनि उत्कृष्ट पुरुष क्रिकेट खेलाडी घोषित हुँदै वार्नरले तेस्रोपटक यो अवार्ड जित्न सफल भएका हुन् ।

यसअघि उनले सन् २०१६ र १७ मा लगातार दुईपटक यो अवार्ड हात पारेका थिए ।

वार्नरले यसपटक यो अवार्ड जित्ने क्रममा ब्याट्सम्यान स्टिभ स्मिथ र तीब्रगतिका बलर प्याट कमिन्सलाई पछि पारेका थिए ।

अष्ट्रेलिया क्रिकेट बोर्डले हरेक वर्ष प्रदान गर्ने यस अर्वार्डको अन्य विधातर्फ बेलिंडा क्लार्क अवार्ड एलिस प्यारीले जितेकी छिन् ।

भने वर्षको उत्कृष्ट टेस्ट खेलाडी मार्नस लाबुसेन घोषित भए । आरोन फिन्च वर्षको उत्कृष्ट एकदिवसीय अन्तर्राष्ट्रिय खेलाडी हुन पुग्दा टी २० अन्तर्राष्ट्रिय खेलाडीमा पनि डेभिड वार्नर उत्कृष्ट रहे ।

महिलाको वर्षको एकदिवसीय खेलाडीतर्फ एलिसा हेली उत्कृष्ट खेलाडी घोषित भईन भने टि – ट्वान्टीतर्फ बर्षको उत्कृष्ट अन्तर्राष्ट्रिय खेलाडी एलिसा हेली भएकी छिन् ।

वर्षका उत्कृष्ट घरेलु खेलाडीहरूमा शन मार्श र मोली स्ट्रानो उत्कृष्ट रहे भने ब्राडम्यान युवा पुरुषहरूको क्रिकेटर वेस आगर घोषित हुन पुग्दा बेट्टी विल्सन युवा महिला क्रिकेटर टिला घोषित भईन ।

प्रतिक्रिया दिनुहोस्