आज अमेरिका र ओमान भिड्दै : अमेरिकाले जितेमा शीर्षस्थानमा उक्लिने

आज अमेरिका र ओमान भिड्दै : अमेरिकाले जितेमा शीर्षस्थानमा उक्लिने

काठमाडौं (अनलाइन खेलखबर ) । काठमाडौंमा जारी नेपाल , अमेरिका र ओमानबीचको त्रिकोणात्मक सिरिज अन्तर्गत आज अमेरिका र ओमान भिड्दै छन् ।

सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकपको छ्नोट प्रक्रिया अन्तर्गत रहेको यस आईसीसी विश्वकप लिग -२ मा आज लिगको अंकतालिकाको शीर्षस्थानमा रहेको ओमानले दोस्रो स्थानमा रहेको अमेरिकासँग खेल्न लागेको हो ।

नेपाल आउनु अघि अमेरिका अंकतालिकाको पहिलो स्थानमा रहेको थियो । तर नेपाल आएपछि अमेरिकाको नतिजा सोचे अनुरुप आईरहेको छैन ।

जसमा अमेरिका पहिलो खेलमा ओमानसँग ६ विकेटले पराजित हुन पुगेको थियो । भने दोस्रो खेलमा घरेलु टोली नेपालसँग अमेरिका ३५ रनले पराजित भएको थियो ।

यता अमेरिकाको प्रदर्शन भन्दा ओमानको ठिक विपरित हुँदै आएको छ । जसमा ओमानले खेलेका ३ खेल नै जितेको छ । जसमा ओमानले पहिलो खेलमा नेपाललाई १८ रनले दोस्रो खेलमा अमेरिकालाई ६ विकेट र तेस्रो खेलमा ओमानले फेरी नेपाललाई ८ विकेटले पराजित गरेको थियो ।

यस्तोमा आज सिरिजको आफ्नो अन्तिम खेलमा ओमान जितको खोजीमा रहने छ । भने अमेरिकाले अघिल्लो हारको बदला लिने सोचमा रहने छ । यदि यो खेल जितेमा पुन : अमेरिका तालिकाको शीर्ष स्थानमा उक्लिने छ ।

अहिले ओमान ९ खेलबाट १४ अंकसहित
शीर्ष स्थानमा रहेको छ। भने दोस्रो स्थानमा रहेको अमेरिकाको १० खेलबाट १२ अंक रहेको छ ।

यता यो खेल बिहान साढे १० बजेपछी कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *