क्रिकेट खेलाडीले एक खेल खेलेको पाँच हजार पाउँने

क्रिकेट खेलाडीले एक खेल खेलेको पाँच हजार पाउँने

काठमाडौं (अनलाइन खेलखबर) ।नेपाल क्रिकेट संघ(क्यान)ले एकदिवसिय र टि – ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा खेल्ने खेलाडीहरुलाई एक खेल बराबर पाँच हजार प्रदान गर्ने बताएको छ ।

सोमबार काठमाडौंमा बसेको क्यानको विषेश बैठकमार्फत यस्तो निर्णय गरिएको हो ।

यस्तै महिला र पुरुष खेलाडीको नयाँ वर्गिकरण गरेको छ । जसमा पुरुषमा २४ र महिलामा १८ खेलाडीलाई नयाँ वर्गिकरणमा समाबेश गरिने भएको छ ।

जसअन्तर्गत पुरुषतर्फ ए प्लस, ए, बी र सी श्रेणीमा खेलाडी वर्गिकरण गरिने छ भने महिलातर्फ ए, बी र सी श्रेणीमा खेलाडीको केन्द्रिय सम्झौता गर्ने क्यानको तयारी रहेको छ ।

वर्गीकरणका लागि क्यानका कोषाध्यक्ष रोशन सिंहको संयोजकत्वमा तीन सदस्यीय छ्नोट समिति समेत बनाईएको छ ।

जसमा खेलाडीले अहिले पाउँदै गरेको रकम भन्दा १० हजार रुपैयाँ बढाउने गरी सम्झौता गरिने तयारी गरेको छ ।

यस्तै क्यानले चैत्रको तेस्रो सातादेखि सिनीयर एकदिवसिय क्रिकेट प्रतियोगिता पनि गर्ने आफ्नो तयारी भईरहेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *