चितवनले अर्को टेस्ट राष्ट्रका खेलाडी भित्रायो :  पाउल स्टर्लिङलाई निरन्तरता

चितवनले अर्को टेस्ट राष्ट्रका खेलाडी भित्रायो : पाउल स्टर्लिङलाई निरन्तरता

काठमाडौं (अनलाइन खेलखबर ) । चैत्र १ गते देखि १५ गतेसम्म हुन गईरहेको चौथों संस्करणको एभरेष्ट प्रिमियर लिग ( ईपीएल ) मा ठूला विदेशी खेलाडीहरु अनुबन्धित हुने क्रम जारी रहेको छ ।

यसैबीचमा अर्का विदेशी खेलाडी पाउल स्टर्लिङले यस संस्करणको ईपीएल पनि खेल्ने भएका छन् । आयरल्यान्डका पाउल अघिल्लो संस्करण पनि चितवन टाईगर्सबाट खेलेका थिए । जसलाई चितवनले निरन्तरता दिएको छ ।

२९ वर्षीय पाउलले आयरल्यान्डबाट ३ टेस्ट , ११७ एकदिवसीय र ७५ टि – ट्वान्टी अन्तर्राष्ट्रिय खेलिसकेका छन् । यसअघि चितवनले टेस्ट मान्यता प्राप्त अफगानिस्तानका विष्फोटक ब्याट्सम्यान मोहम्मद शाहजादलाई अनुबन्धित गरिसकेको छ ।

सोमपाल कामीलाई ट्रेडमार्फत लिएको चितवन टाइगर्सबाट कमलसिंह ऐरी, सागर ढकाल, शाहव आलम, दिलीप नाथ, ललितसिंह भण्डारी, इशान पाण्डे, आदिल खान, सन्दीप सुनार, भिम सार्की, खडक बोहोरा लगायतका खेलाडी खेल्दै छन् ।

‘पाउल स्टर्लिङलाई दोस्रो विदेशी खेलाडीको रुपमा अनुबन्ध गर्न पाउदा निकै उत्साहित भएको चितवन टाईगर्सले उल्लेख गरेको छ ।

आयरल्यान्डबाट स्टर्लिङले निकै राम्रो प्रदर्शन गर्दै आएका छन्, त्यस्तै प्रदर्शनको अपेक्षा हामीले उनीबाट पनि गरेका छौं, उनको आगमनले चितवन टाइगर्समा नयाँ जोशप्रदान भएको टिमले जानकारी गराएको छ ।

उनिसँगै यस संस्करणको ईपीएलमा वेस्ट ईन्डिजका महान खेलाडी क्रिस गेल पोखरा राईनोजबाट खेल्दैछ्न भने वेस्ट ईन्डिजकै ड्वेन स्मिथ भैरहवा र श्रीलंकाका उपुल थरंगा ललितपुरबाट खेल्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *