संघर्ष, मेहनत र धैर्यताको फल सर्वोउत्कृष्ट खेलाडी
एजेन्सी । दक्षिण अफ्रिकामा भएको आईसीसी यु-१९ विश्वकपको सर्वोउत्कृष्ट खेलाडी भारतका यशस्वी जयस्वाल घोषित भएका छन् ।
उनले भारतलाई विश्वकपको फाइनलसम्म पुर्याउन निकै अदभुत प्रदर्शन गरेका थिए । साविकको विजेता तथा ४ पटकको विश्व च्याम्पियन भारतलाई फाइनलसम्म पुर्याउन उनले निकै राम्रो ब्याटिङ गर्ने क्रममा ६ खेलबाट ६ सय रन बनाएका थिए ।
ओपनर ब्याट्सम्यानको रुपमा रहेका उनले विश्वकपको दौरान १ शतक ४ अर्धशतक समेत प्रहार गर्न सफल भएका थिए ।
जसमा उनले समूह चरणमा श्रीलंकाविरुद्व ५९ रन , जापानसँगको खेलमा २९ रन र न्युजिल्यान्डसँगको खेलमा ५७ रन बनाएका थिए ।
समूह चरणमा शत प्रतिशत नतिजा आफ्नो पक्षमा निकाल्दै क्वाटरफाइनल पुगेको भारतले क्याटरफाइनलमा बलियो टोली अष्ट्रेलियाको सामना गरेको थियो । जसमा यशस्वी जयस्वालले ६२ रन बनाएका थिए ।
र सेमिफाइनलमा पाकिस्तानविरुद्व उनले शतकीय पारी खेल्ने क्रममा १०५ रन बनाएका थिए । ११३ बलको सामना गरेका उनले ८ चौका र ४ छ्क्कासहित उक्त रन बनाएका थिए । जुन खेलमा भारतले पाकिस्तानलाई १० विकेटले पराजित गरेको थियो ।
यस्तै फाइनलमा ८८ रनको योगदान सँगै १ विकेट पनि लिएका थिए । उनले ८८ रन बनाउने क्रममा १२१ बलमा ८ चौका र १ छ्क्कासहित उक्त रन बनाएका थिए ।
यसरी विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका यशस्वी जयस्वाललाई आईसीसीले यु-१९ विश्वकपको सर्वोउत्कृष्ट खेलाडीको रुपमा घोषित गरेको हो ।
संघर्ष, मेहनेत र धैर्यताको फल सर्वोउत्कृष्ट खेलाडी
यशस्वी जयस्वाल यस्ता खेलाडी हुन् । जसले क्रिकेटका लागि निकै सघंर्ष गरेका छन् । उनले यहाँसम्म आईपुग्न आफ्नो जिविका चलाउन केहिवर्ष अघिसम्म पानीपुरी समेत बेचेका थिए ।
छोटो समयमा उनले जति सफलता हात पारेका छन् । त्यति उनले जिवनलाई बुझिसकेका छन् । सामान्य परिवारका उनि क्रिकेटका लागि गरेको समर्पण र सघंर्ष त्यो आफैमा धेरैका लागि प्रेरणादायी बन्न सक्छ ।
हाल १८ बर्ष मात्र पुगेका यशस्वी यहाँसम्म आईपुग्दा क्रिकेटका लागि निकै मेहनत गरेका छन् । धेरै त्याग गरेका छन् ।
सानै देखि क्रिकेटमा निकै रुचि राख्ने उनले सानै उमेर देखि क्रिकेटर बन्ने सपना देखेका थिए ।
र त्यही सपनालाई यथार्थमा परिणत गर्न उनि उत्तर प्रदेशको एक ठाउँ भदोहीबाट सन् २०११ मा मुम्बई आएका थिए ।
मुम्बईमा रहेर उनले एक डेरी पसलमा काम गर्थे । बिहान र बेलुका पसलमा काम गर्थे र दिनभरी क्रिकेट खेल्थे । र राती त्यही डेरी पसलको सानो ठाउँमा रात बिताउथे ।
यसरी पसलमा दिनचर्या चल्दै थियो । तर एकदिन यस्तो दिन आयो । उनि क्रिकेट धेरै खेलेको र काममा ध्यान नदिएको भन्दै पसलका साहुले उनलाई पसलबाट निकालिदिए ।
पसलबाट बाहिरीएपछी अब के गर्ने , कहाँ जाने त्यहाँ उनले चिनेको कोहि थिईन , आफन्तजन पनि थिईएन । उनी दोधारमा परे अब के गर्ने ?
तर उनले एउटा जुक्ती निकाली हाले । उनी खेल्दै आएको मैदानमा उनले टेन्टमा बस्ने निधो गरे । तर त्यो बसाई त्यहि सजिलो थिएन । टेन्ट बसाईमा उनले ठूलो कठिनाई ब्यहोरे तर उनी आफ्नो सपनाबाट विचलित भने भएनन ।
र निरन्तर मेहनत गर्न थाले यसबीचमा उनले आफ्नो जिविका चलाउन पानी पुरी बेच्न थाले जसले उनलाई साझ बिहान खानका लागि सहयोगी भूमिका निर्वाह गर्यो ।
काम सानो या ठूलो भन्ने हुँदैन भन्ने धारणा राख्ने उनको दिनहरु यसरी नै चल्दै थियो । त्यस बेलामा ज्वाला सिंह उनका लागि भगवानको रुपमा प्रकट भए ।
सन् २०१३ मा जब उनले ज्वाला सिंहलाई भेटे । त्यसपछि उनले यशस्वीको संघर्षका कुरा सुने त्यसपछि उनि जयस्वाल प्रती निकै प्रभावित भए ।
उनको क्रिकेटप्रतिको लगाभ देखेपछि उनले जयस्वाललाई सदैभ साथ र सहयोग गर्ने बाचा गरे । आफ्नो घरमा लगे र पूर्ण क्रिकेटमा लाग्न वाताबरण मिलाए । यसरी आफ्नो लागि उनले देखाएको सद्भाव र मायाबाट उनी स्वयम् पनि आफ्ना प्रशिक्षक ज्वाला सिंहलाई भगवानको रुपमा लिन्छन् ।
ज्वाला सिंहको साथ पाएपछि दायाँ – बायाँ उनले सोच्नु परेन र उनी क्रिकेटमा केन्द्रित हुन थाले र त्यसपछि संघर्ष, मेहनत र धैर्यताको अर्को नाम यशस्वीले क्रमशः क्रिकेटमा राम्रो गर्दै गए र अहिले उनलाई क्रिकेटले प्रतिफल पनि दिदैछ । र हाल उनलाई राजस्थान रोयल्सले आईपीएलका लागि २ करोड ४० लाख भारतीय रुपिएमा अनुबन्ध गरेको छ ।