बंगलादेशले रच्यो ईतिहास : भारतलाई हराउँदै पहिलोपटक विश्व च्याम्पियन
एजेन्सी । चारपटकको विश्व च्याम्पियन भारतलाई पराजित गर्दै बंगलादेशले पहिलो पटक यु-१९ विश्वकपको उपाधि उचालेको छ ।
आईतबार भएको फाइनल खेलमा भारतलाई ३ विकेटले पराजित गर्दै बंगलादेश पहिलोपटक च्याम्पियन बन्दै ईतिहास रचेको हो ।
खेलमा मध्यम लक्ष्यलाई पछ्याएको बंगलादेशको सुरुवात पनि राम्रो हुन पुगेको थियो । ८.५ ओभरमा टिमको स्कोर ५० रन हुँदा पहिलो विकेटको रुपमा तन्जिद हसनलाई ब्यक्तिगत १७ रनमा गुमाएको बंगलादेशले त्यसपछि थप ५२ रन थप्दा महत्वपूर्ण ६ रन गुमाईसकेको थियो ।
तर ओपनर ब्याट्सम्यान परवेज हुसेन इमोन र कप्तान अक्बर अलिको जोडीले खेललाई पुन बंगलादेशतर्फ फर्काएका थिए । यी दुईबीच सातौं विकेटका लागि ४१ रनको साझेदारी हुन पुग्दा बंगलादेश जितको नजिक पुगेको थियो ।
तर दुर्भाग्य ३१ ओभरको अन्तिम बलमा टिमको स्कोर १४३ रन हुँदा राम्रो ब्याटिङ गरिरहेका परवेजलाई यशस्वी जयस्वालले पभेलियनको बाटो देखाईदिएपछी बंगलादेश फेरी दबाबमा आएको थियो ।
जयस्वालको बलमा क्याच आउट हुन पुगेका उनले ७९ बलको सामना गर्दै ७ चौकाको सहयोगमा ४७ रनको योगदान गरे ।
अत्यतिर ४१ ओभरमा ७ विकेट गुमाएर १ सय ६३ रन हुँदा मैदानमा पानी परेपछी खेल केही बेर प्रभावित हुन पुगेको थियो । जसमा बंगलादेशले १ सय ७८ बाट १ सय ७० रनको लक्ष्य प्राप्त गरेको थियो । जसलाई ४६ ओभरमा पूरा गर्नु पर्ने अवस्थामा रहेको थियो । जसमा बंगलादेशले ४२.१ ओभरमा उक्त लक्ष्यलाई पूरा गरेको थियो ।
टिमलाई जिताउने क्रममा कप्तान अक्बर अलि र रकिबुल हसनले अविजित रह्दै क्रमशः ४३ र ९ रनको योगदान गरेका थिए ।
बलिङतर्फ भारतका रवि बिश्नोईले ४ तथा जयस्वालले १ विकेट लिएका थिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ४७.२ ओभरमा अलआउट हुँदै १ सय ७७ रन बनाएको थियो ।
खेलमा खेलको ६.४ ओभरमा टिमको स्कोर ९ रन हुँदा पहिलो विकेटको रुपमा दिव्यंश सक्सेनालाई ब्यक्तिगत २ रनमा गुमाएको भारतको पारीलाई यशस्वी जयस्वाल र तिलक वर्माले अगाडी बढाएका थिए ।
यी दुईबीच भने दोस्रो विकेटका लागि ९४ रनको साझेदारी हुन पुगेको थियो । २८.६ ओभरमा टिमको स्कोर १ सय ३ रन हुँदा सक्सेना ब्यक्तिगत ३८ रनमा आउट हुन पुगे ।
त्यसपछि जयस्वाललाई साथ दिन कप्तान प्रियाम गर्ग मैदानमा आए तर उनले निराशाजनक प्रदर्शन गर्ने क्रममा मात्र ७ रन बनाएर आउट हुन पुगे ।
कप्तान प्रियाम आउट भएपछि राम्रो ब्याटिङ गरिरहेका यशस्वी जयस्वाल शोरिफुल इस्लामको बलमा तन्जिम हसनको हातमा क्याच आउट हुन पुगे ।
३९.५ ओभरमा टिमको स्कोर १ सय ५६ हुँदा चौथो विकेटका रुपमा पभेलियन फर्किएका उनले १२१ बलको सामना गर्दै ८ चौका र १ छ्क्कासहित ८८ रन बनाएका थिए । र उनी आउट भएको लगत्तै ध्रुव जुरेल पनि २२ रन बनाएर आउट हुन पुगे ।
त्यसपछि भने बंगलादेशका बलरद्वारा निकै राम्रो प्रदर्शन हुन पुग्दा भारतले थप ९ रन थप्दा आफ्ना सबै विकेट गुमाएको थियो ।
बलिङतर्फ बंगलादेशका अविशेक दासले ३ तथा शोरिफुल इस्लाम र तन्जिम हसन सकीबले पनि समान २/२ विकेट लिए भने रकिबुल हसनले पनि १ विकेट लिएका थिए ।