पोर्चुगल फ्यान क्लब नेपालद्वारा गौतमबुद्ध रंगशालालाई आर्थिक सहयोग

पोर्चुगल फ्यान क्लब नेपालद्वारा गौतमबुद्ध रंगशालालाई आर्थिक सहयोग

काठमाडौं (अनलाइन खेलखबर ) ।धुर्मुस सुन्तली फाउन्डेसनले जनस्तरबाट चितवनस्थित रामपुरमा निर्माण गरिरहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि पोर्चुगल फ्यान क्लब नेपाल (पीएफसिएन )ले आर्थिक सहयोग गरेको छ ।

शनिबार क्लबले निर्माणस्थलमै पुगेर फाउन्डेसन लाई नगद ७७ हजार ७ सय ७७ रुपैयाँ हस्तान्तरण गरेको छ ।

विश्व चर्चित पोर्चुगाली खेलाडी क्रिस्टियानो रोनाल्डोको ३५ औं जन्मदिनको अवसर पारी फ्यान क्लबले रंगशालालाई सहयोग गरेको बताएको छ ।

विगत केही वर्ष देखि सामाजिक कार्यमा जुट्दै आएको पोर्चुगल फ्यान क्लब नेपालले स्वदेश तथा विदेशमा रहेका क्लबका सदस्यमार्फत रकम संकलन गरेको थियो ।

यता जनस्तरबाट बन्न लागेको नेपालको पहिलो रंगशालाको अहिले आकार आउने गरी काम अघि बढेको छ ।

जसका लागि मैदान, संरचनाको जग राख्ने काम, ढल निकासको काम भइरहेको छ ।

अहिले रंगशाला भित्र नमूना खेल मैदान निर्माण गरी मैत्रीपूर्ण खेलसमेत भइरहेका छन् ।

५० ओभरका तीनवटा पिच तयार भएर तीनै खेलमैदानमा अहिले मैत्रीपूर्ण खेल हुँदै आएको छ । रंगशाला सम्पन्न हुँदै गर्दा सो ठाउँ पार्किङ हुनेछ । 

रंगशालामा अहिले देशका ७७ जिल्लाको अपनत्व हुने गरी नक्साङ्कन समेत गरिएको छ । रंगशालाको विभिन्न कक्षलाई जिल्लाबाट नामकरण गरिएकोे छ  ।

यता रंगशाला सम्पन्न गर्न रु दुई अर्ब ५० करोड खर्च हुने अनुमान गरिएको छ । त्यसका लागि केही सहयोग पुग्ने आशासहित यो महायज्ञ गर्न लागिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *