नेपालमाथि ओमानको अर्को सानदार जित
काठमाडौं ( अनलाइन खेलखबर ) । सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकप छनोट प्रक्रियाको आईसीसी विश्वकप लिग -२ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले ओमानसँग ८ विकेटले पराजित गरेको छ ।
आईतबार भएको खेलमा घरेलु टोली नेपालले प्रस्तुत गरेको २ सय ५० रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको ओमानले उक्त चुनौतिलाई ४७.२ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गरेको थियो ।
यसअघि १८ रनले नेपाललाई पराजित गरेको ओमानले नेपालमाथि अर्को सानदार जित निकाल्ने क्रममा ओमानका एकुव ईलियासले शतकीय पारी खेलेका थिए । अविजित रहेका उनले १०८ बलको सामना गर्दै १२ चौका १ छक्कासहित १ सय ९ रन बनाए । यस्तै टिमका कप्तान जिशान मक्सुद पनि अविजित रहदै ६८ रन जोडेपछि टिमले नेपालमाथि सहज जित निकालेको हो ।
त्यसअघि ओपनर ब्याट्सम्यान जितेंद्रर सिंहले २१ तथा जिशान खवार अलिले ४१ रनको योगदान गरेका थिए ।
बलिङतर्फ नेपालका सुशन भारी र कुशल मल्लले समान १/१ विकेट लिएका थिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभर पुरै खेल्दै ८ विकेट गुमाएर २ सय ४९ रन बनाएको थियो ।
सुरुवात देखिनै राम्रो साथ पाएको नेपालले पहिलो विकेटका रुपमा टिमले १४.१ ओभरमा टिमको स्कोर ४८ रन हुँदा सुवासलाई २२ रनमा गुमाएको थियो । उनि मोहम्मद नदीमको बलमा एलबिडब्लुको सिकार हुन पुगेका थिए ।
सुवास पछी टिमले टिमका लागि पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्लको जोडीले पारीलाई उकास्न ५९ रनको रनको साझेदारी गरेका थिए ।
२३.१ ओभरमा दोस्रो विकेटका रुपमा पभेलियन फर्किएका पारस मोहम्मद नदीमको बलमा क्याच आउट हुनुअघि ३८ रन बनाए । ३४ बलको सामना गरेका उनले ६ चौका र १ छक्कासहित उक्त रन बनाएका थिए ।
त्यसपछी भने दिपेन्द्र सिंह एरीले आज पनि निराशाजनक प्रदर्शन गर्ने क्रममा सून्य रनमा आउट हुन पुग्यो ।
र दिपेन्द्र पछी कप्तान मल्ल २८.१ ओभरमा टिमको स्कोर १ सय २८ रन हुँदा चौथो विकेटका रुपमा आउट हुन पुगे । एकदिवसीय क्रिकेटमा दोस्रो अर्धशतक बनाउने क्रममा ७६ बलको सामना गर्दै ६ चौका र १ छक्का सहित ५६ रनको योगदान गरे ।
मल्ल पछी नेपालको पारीलाई कुशल मल्ल र आरिफ शेखको जोडीले सम्हालेको थियो । जसअनुसार यी दुईबीच पाँचौ विकेटका लागि ३९ रनको साझेदारी गरेका थिए ।
कुशल र आरिफले समान २८/२८ रनको योगदान गर्दा विनोद भण्डारीले पनि ३५ रन बनाएका थिए । भने अन्त्यतिर करण केसीले १० र सन्दिप लामिछाने र कमल सिंह एरी क्रमश : १० र ९ रनमा अविजित रहे ।
बलिङतर्फ ओमानका एकुव ईलियासले ४ तथा मोहम्मद नदीमले ३ विकेट लिएका थिए ।
अब नेपालले सिरिजको अन्तिम खेल बुधबार अमेरिकासँग खेल्नेछ ।