नेपालले दियो ओमानलाई बलियो चुनौती

नेपालले दियो ओमानलाई बलियो चुनौती

काठमाडौं (अनलाइन खेलखबर ) । आईसीसी विश्वकप लिग -२ अन्तर्गत आफ्नो तेस्रो खेलमा घरेलु टोली नेपालले ओमानसामू २ सय ५० रनको विजयी चुनौती प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभर पुरै खेल्दै ८ विकेट गुमाएर २ सय ४९ रन बनाएको छ ।

सुरुवात देखिनै राम्रो साथ पाएको नेपालले पहिलो विकेटका रुपमा टिमले १४.१ ओभरमा टिमको स्कोर ४८ रन हुँदा सुवासलाई २२ रनमा गुमाएको थियो । उनि मोहम्मद नदीमको बलमा एलबिडब्लुको सिकार हुन पुगेका थिए ।

सुवास पछी टिमले टिमका लागि पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्लको जोडीले पारीलाई उकास्न ५९ रनको रनको साझेदारी गरेका थिए ।

२३.१ ओभरमा दोस्रो विकेटका रुपमा पभेलियन फर्किएका पारस मोहम्मद नदीमको बलमा क्याच आउट हुनुअघि ३८ रन बनाएका थिए ।
३४ बलको सामना गरेका उनले ६ चौका र १ छक्कासहित उक्त रन बनाएका थिए ।

त्यसपछी भने दिपेन्द्र सिंह एरीले आज पनि निराशाजनक प्रदर्शन गर्ने क्रममा सून्य रनमा आउट हुन पुग्यो ।

र दिपेन्द्र पछी कप्तान मल्ल २८.१ ओभरमा टिमको स्कोर १ सय २८ रन हुँदा चौथो विकेटका रुपमा आउट हुन पुगे । एकदिवसीय क्रिकेटमा दोस्रो अर्धशतक बनाउने क्रममा ७६ बलको सामना गर्दै ६ चौका र १ छक्का सहित ५६ रनको योगदान गरे ।

मल्ल पछी नेपालको पारीलाई कुशल मल्ल र आरिफ शेखको जोडीले सम्हालेको थियो । जसअनुसार यी दुईबीच पाँचौ विकेटका लागि ३९ रनको साझेदारी गरेका थिए ।

कुशल र आरिफले समान २८/२८ रनको योगदान गर्दा विनोद भण्डारीले पनि ३५ रन बनाएका थिए । भने अन्त्यतिर करण केसीले १० र सन्दिप लामिछाने र कमल सिंह एरी क्रमश : १० र ९ रनमा अविजित रहे ।

बलिङतर्फ ओमानका एकुव ईलियासले ४ तथा मोहम्मद नदीमले ३ विकेट लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *