कप्तान ज्ञानेन्द्र मल्लको एकदिवसीयमा दोस्रो अर्धशतक
काठमाडौं (अनलाइन खेलखबर ) । आईसीसी विश्वकप लिग -२ अन्तर्गत आफ्नो तेस्रो खेलमा ओमानविरुद्व नेपालका कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक प्रहार गरेका थिए ।
उनले लिगमा पहिलो र एकदिवसीय क्रिकेटमा दोस्रो अर्धशतक प्रहार गर्ने क्रममा ७० बलको सामना गर्दै ६ चौका र १ छक्काको सहयोगमा अर्धशतक पूरा गरेका छन् ।
यता कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ताजास्थितिमा २६ ओभर भित्र ३ विकेटको क्षतिमा १ सय २३ रन बनाएको छ ।
अहिले मैदानमा मल्ललाई आरिफ शेखले साथ् दिईरहेका छन् ।