onlinekhelkhabar.com

Complete website for Nepali Sports News

नेपालको ५० रन पूरा

काठमाडौं (अनलाइन खेलखबर ) । आईसीसी विश्वकप लिग -२ अन्तर्गत आफ्नो तेस्रो खेलमा घरेलु टोली नेपालले अहिले ओमानको सामना गरिरहेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ताजास्थितिमा १५.२ ओभर भित्र १ विकेटको क्षतिमा ५० रन बनाएको छ ।

अहिले मैदानमा ज्ञानेन्द्र मल्ल र पारस खड्का रहेका छन । जसमा मल्लले २८ रन बनाएर खेलिरहेका छन । त्यसअघि पहिलो विकेटका रुपमा टिमले १४.१ ओभरमा टिमको स्कोर ४८ रन हुँदा सुवासलाई २२ रनमा गुमाएको थियो । उनि मोहम्मद नदीमको बलमा एलबिडब्लुको सिकार हुन पुगेका थिए

प्रतिक्रिया दिनुहोस्